निर्वाचन अप्डेट

गुल्मीमा नमूना मतदान सम्पन्न, मतदाता शिक्षा प्रभावकारी बनाउने उद्देश्य

अनिल खत्री
गुल्मी, मंसिर ११ । मंसिर २१ गते हुँने प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनको लागी मतदाता शिक्षा प्रभावकारी बनाउन र बदर मत कम गर्न भन्दै जिल्ला निर्वाचन कार्यालय गुल्मीले जिल्लाको छ वटा स्थानमा नमुना मतदान सम्पन्न भएको । जिल्लाको रेसुङ्गा नगरपालिकाको सिमाीचौर, रुरु गाउँपालिकाको रिडी, चन्द्रकोट गाउँपालिकाको शान्तिपुर, मुसिकोट नगरपालिकाको पौदीअमराई, मदाने गाउँपालिकाको पुर्कोटदह र सिमलटारीका मतदान केन्द्रमा पुगेर नमुना मतदान गरिएको हो ।

नमुना मतदानमा निर्वाचन गुल्मीले मतदातालाई निर्वाचनमा मतदान गर्ने तरिका, केन्द्रको व्यवस्थापन लगायतका विषयमा मतदाताहरुलाई जानकारी गराएको थियो । नमूना मतदानमा महिला, पुरुष, अशक्त र वृद्धवृद्धाहरुको लाइन मिलाउने, मतदाता परिचय पत्र रुजु गर्ने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने र गोप्य स्थानमा पुगी उम्मेदवारहरूलाई मत दिन सिकाइएको थियो । स्वस्तिक छाप लगाए पश्चात मत बदर नहुने गरी पट्याउने विधि पनि सिकाइएको थियो ।

नमुना मतदानमा सहभागीहरूले अन्य व्यक्तिहरूलाई मतदान गर्न सिकाउने र जिल्लामा कम मत बदर हुने अवस्था सिर्जना गर्न खोजिएको जिल्ला निर्वाचन अधिकारी गणेश खत्रीले जानकारी दिए । सोहि अवसरमा प्रमुख जिल्ला अधिकारी गोपाल अर्यालले निर्वाचन आचार संहिता र निर्वाचन शिक्षाका बारेमा मतदान स्थलमा आएका मतदाताहरुलाई जानकारी गराएका थिए ।

नमुना मतदातामा जिल्लाका प्रमुख जिल्ला अधिकारी गोपाल अर्याल, निर्वाचन अनुगमन प्रमुख मुरारिप्रसाद पौडेल, प्रहरी प्रमुख अनुराग द्धिबेदी, निर्वाचन अधिकृत गणेश खत्री लगायतका जिल्लाका प्रमुखहरुको उपस्थिति रहेको थियो । जिल्लामा निर्वाचन सम्पन्न गर्नका लागी ५ सय २८ जना मतदान अधिकृत र सहायक अधिकृतहरुलाई तालिम पनि सुरु गरिएको निर्वाचन अधिकृत खत्रीले जानकारी दिए ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D