समाचार

गुल्मीमा धमाधम फरार अभियुक्त पक्राउ, आईतबार मुसिकोट न.पा.का “गुण्टे” समातिए

टोपलाल अर्याल
गुल्मी, ८ पुुस । गुल्मी प्रहरीले फरार अभियुक्त धमाधम समात्न थालेको छ । विभिन्न मुद्धामा अदालतबाट कैद सजायँ फैसला भएका तर भुक्तान नगरेकाहरुलाई प्रहरीले पक्राउ गरिरहेको छ । सोहि अभियान अन्तर्गत प्रहरीले आइतबार मुसिकोट नगरपालिका वडा नम्बर ७ का ‘गुन्टे’ भनिने ३३ बर्षिया राजबहादुर कुमाललाई पक्राउ गरेको छ ।

बलात्कार मुद्धाका कुमाललाई ७ जेठ २०७२ मा आठ बर्षको कैद फैसला भएको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर रविन्द्र खड्काले जानकारी दिए । तीन बर्षपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । उनले स्थानीय एक महिलालाई बलात्कार गरेको खड्काले बताए । आइतबार नै उनलाई जिल्ला कारागार गुल्मी पठाइएको छ ।

५ महिनामा ६ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय गुल्मीले यो आर्थिक बर्षको पाँच महिनामा कुमाल सहित छ जना फरार अभियुक्तलाई गिरफ्तार गरेको छ । गत २ भदौमा रेसुङ्गा नगरपालिका १० का ३८ बर्षिया घनश्याम अर्याल पक्राउ परेका थिए । उनले स्थानीय दिपक न्यौपानेको ७४ लाख ५० हजार ठगी गरेको भन्दै काठमाण्डौ जिल्ला अदालतमा मुद्धा दर्ता भएको थियो । उनलाई १४ साउन ०७५ मा अदालतले दुई बर्ष कैद र ७४ लाख ५० हजार जरिवाना फैसला गरेको थियो । अर्याल अहिले कारागारमा छन् ।

गत १० असोजमा बलात्कार मुद्धाका फरार अभियुक्त रुरु गाउँपालिका ३ का विनोद श्रेष्ठलाई पनि प्रहरीले पाँच बर्षपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक दिपक कुमार बस्नेतले बताए । ६ बर्ष कैद र २० हजार जरिवानाको फैसलापछि श्रेष्ठ १५ पुस ०७० सालबाट फरार थिए ।

उनलाई घरमै बसेको अवस्थामा पक्राउ गरिएको बस्नेतले बताए । इश्मा गाउँपालिका ६ अमरपुरका सुनिता कुमाललाई प्रहरीले गत १६ कार्तिकमा पक्राउ ग¥र्यो । उनलाई गाली बेइज्जती मुद्धामा पाँच सय रुपँैया जरिवाना फैसला भएको थियो । उनी २०७२ सात असौज २७ गतेदेखि फरार थिइन् ।

धरौटी नतिर्ने समेत पक्राउ

जिल्ला प्रहरीको फरार सूचिमा बलात्कार, ठगी मुद्धा मात्र होइन, समयमै धरौटी नतिर्ने ब्यक्ति पनि पक्राउ पर्न थालेका छन् । प्रहरीले त्यस्ता दुईजनालाई पनि पक्राउ गरेको छ । इश्मा गाउँपालिका ४ का माया सुनारलाई प्रहरीले गत १५ कार्तिकमा पक्राउ ग¥र्यो । सम्बन्ध विच्छेदको मुद्धामा धरौटी नतिर्ने सुनारलाई अदालतले एक हजार दुई सय ५० रुपैयाँ जरिवानाको फैसला गरेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी निरिक्षक रबिन्द्र खडकाले बताए ।

उनी १८ भदौ ०६० सालदेखि फरार थिइन् । त्यस्तै इश्मा गाउँपालिका ४ कै देवकला अधिकारी पनि ६ बर्षपछि पक्राउ परिन् । सम्बन्ध विच्छेदको मुद्धामा पनि ५ भदौ २०६९ देखि फरार थिइन् । अधिकारीलाई अदालतले एक हजार दुई सय ५० रुपैयाँ जरिवानाको फैसला गरेको खड्काले बताए ।

६ सय ७५ बर्ष कैद असुल्न बाँकी
जिल्ला अदालत गुल्मीले विभिन्न मुद्धामा फैसला भएको व्यक्तिहरुबाट छ सय ७५ बर्ष चार महिना १२ दिन कैद असुल उपर गर्न बाँकी रहेको छ । भने ९९ लाख ३१ हजार चार सय ५२ रुपैयाँ जरिवाना उठाउनु पर्नेछ । त्यसैले गुल्मी जिल्लामा पनि फैसला कार्यान्वयन बर्ष घोषणा गरिएको छ ।

अदालतबाट भएको फैसलाको कार्यान्वयन स्थिति कम्जोर बन्दै गएपछि सर्वोच्च अदालतले सवै जिल्लामा नयाँ अभियान संचालन गरेको छ । यो अभियानले अदालतबाट दण्ड जरिवाना भएर उम्कन खोजिरहेकाहरुलाई कानुनको ढोकासम्म ल्याउने विश्वास सर्वोच्च अदालतको जिल्ला अदालतका श्रेष्तेदार दुर्गा प्रसाद बस्यालले बताए ।

दण्डहिनताको अन्त्यका लागि हातेमालो गरौ
प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले मुद्धा र कैद तथा जरिवानाको बर्गिकरण गरेर फैसला कार्यान्वयन अभियान शहरदेखि गाउँटोलसम्म पुराउनुपर्ने बताए । ‘जघन्य अपराधदेखि सामान्य मुद्धाको कैद र जरिवानाको बर्गिकरण गरौ,’ उनले भने,‘ सवैको साथ र सहयोग भए, प्रहरी प्रशासनले कसैलाई उम्कन दिदैन् ।’

जिल्ला न्यायधिस राम प्रसाद न्यौपानेले अदालतले न्याय गरेर मात्र हुदैन त्यसको अनुभूति पनि दिलाउनुपर्छ भन्नका लागि यो अभियान संचालन गरेको बताए । ‘न्यायको अनुभूति त्यत्तिखेर मात्र हुन्छ जव सार्थक रुपमा फैसला कार्यान्वयन हुन्छ,’उनले भने,‘कार्यान्वयन विनाको फैसला केवल अदालती घोषणामा मात्र हो ।’ प्रहरी प्रशासन, स्थानीय तह र सवै सरोकारवालाको सहयोगमा यो घोषणा बर्ष नागरिकको हितमा सफल हुने न्यौपानेले बताए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D