समाचार

गुल्मीमा घुम्ती शिबीर मार्फत झन्डै २ हजारलाई नागरिकता बितरण

तिलाचन पाण्डे
जेठ २, गुल्मी । जिल्ला प्रशासन कार्यलय गुल्मीले जिल्लाका बिभिन्न दुर्गमा ठाउँहरुमा पुगि घुम्ती सेवा मार्फत नागरिकता बितरण गरेको छ । प्रशासनले जिल्लाको कालिगण्डकी, चन्द्रकोट, मदाने र मालिका गाउँपालिकामा घुम्ती शिबिर गरि एक हजार ७७९ नागरिकता बितरण गरेको जिल्ला प्रशासन कार्यलय गुल्मीका प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए ।

पाण्डेका अनुसार कालिगण्डकी गाउँपालिकामा गत फागुन महिनाको २२ र २३ गते गरि ५३५ , चन्द्रकोट गाउँपालिकामा चैत ७ र ८ गते तीन सय ३३ र मदाने गाउँपालिकामा बैशाख १२ र १३ गरि पाँच सय १० , मालिका गाउँपालिकमा बैशाख २४ , २५ र २६ गते ४०१ नागरिकताहरु घुम्ति शिबिरबाट बितरण गरिएको हो । बिशेष गरि गाँउमा सिमान्कृत र दलित ब्याक्तिहरु नागरिकता लिनबाट बञ्चित भएकाले उनीहरुलाई ठुलो राहत भएको पाण्डेले दाबी गरे ।

गाउँबाट जिल्ला सदरमुकाम आँउदा नागरिकहरुलाई धेरै समस्या हुने र आउन जानमै धेरै रकम खर्च हुने लगायतका समस्याहरु हुने भएकाले स्थानीय स्तरमा नै गएर नागरिकता बितरण गरिएको प्रशासन कार्यलयका नायब सुब्बा तुल्सी न्यौपानेले जानकारी दिए । न्यौपानेले यसरी गाउँमै गएर सेवा दिँदा स्थानीय नागरिकहरुको समय, पैसा र झन्झट कम भएको दाबी गरे ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D