समाचार

गुल्मीमा घरबाटै हराएका तिन किशोरी भारतीय सिमामा भेटिए, कस्ले लाग्यो किन लाग्यो थाहा लागेन

भुबन भुुसाल
गुल्मी, जेठ १४ । गए राति देखि संपर्क बिहिन भएका गुल्मीको छत्रकोट गांउपालिका वार्ड नं ३ छापका तिन किशोरी भेटिएका छन् । उनिहरु रुपन्देहिको मधौलियामा दिउँसो २ बजे भेटिएका स्थानिय धातानन्द भुसालले जानकारी दिनुभयो । उनिहरु २१ बर्षकी पुजा अर्जेल, १४ बर्षका गंगा नेपाली र जमुना नेपाली रहेका छन् । गंगा र जमुना जुम्लेया दिदि बहिनी हुन् ।

उनिहरुलाई त्यहाँ कसरी कस्ले पूर्यायो भन्ने खुलेको छैन । अहिले गुल्मी ल्याउन बस चढेको स्थानिय लक्ष्मण न्यौपानेले बताउनुभयो ।

छत्रकोट गांउपालिका वार्ड नं ३ छापका ति तिन किशोरीहरु सोमबार रातिदेखी संपर्क बिहिन भएका थिए । राती खाना खाएर सुतेका उनिहरु बिहान घरमा नभएको परिवार सोमबार बिहान मात्र थाहा पाएका थिए । -रेडियो श्रृङ्गेश्वर

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D