अपराध

गुल्मीमा गोरु काटेको आरोपमा दुई जना पक्राउ

गुल्मी, २८ कात्तिक । गोरु काटेको अभियोगमा पक्राउ २ जना पक्राउ परेका छन् । मुसिकोट नगरपालिका–८ अर्छुङका राम बहादुर नेपाली र कृष्ण नेपालीलाई गोरु काटेको अभियोगमा बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको हो ।

सोही नगरपालिका–७ तिम्लीचौरस्थित जंगलमा गोरु काटेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी वामीटक्सरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D