निर्वाचन अप्डेट

गुल्मीमा कांग्रेस कम्जोर देखिएन

प्रेम सुनार
गुल्मी, मंसिर २२ । प्रारम्भिक नतिजाले गुल्मीमा कांग्रेसको स्थिती अन्य जिल्लाहरुमा जस्ती कम्जोर देखिएन । मालिका वडा नम्वर १ नेटामा गनिएको प्रदेश सभा र प्रतिनिधी सभाको प्रारिम्भक नतिजा अनुसार गुल्मीमा कांग्रेस कम्जोर देखिएन । दुई पार्टी एमाले र माओवादी संग कांग्रेस एक्लै भिड्दा पनि थोरै मतले मात्रै पछ्याई रहनु कांग्रेस कम्जोर नरहेको पुष्टी गर्दछ ।

वामगठबन्धनको दावी अनुसार उनिहरुका पक्षमा मत खसेको भए हरेक उमेदवारहरुले कांग्रेसका उमेदवारहरुलाई झण्डै दोव्वर बढि मतले अग्रता लिनु पर्ने धेरैको अनुमान थियो । अहले करिव १ सय देखि बढिमा दुई सय मतको मात्रै अन्तर देखिन्छ । माओवादी र एमालेको गढ मानिएको साविकको नेटा गाविसबाट प्रदेशका वामगठबन्धनका उमेदवार दिनेश पन्थी जम्मा ७० मतले मात्रै अग्रता लिनुले प्रदेशमा वामगठबन्धनलाई सुरुवाती झट्का मान्न सकिन्छ । त्यसमा डेढ देखि दुई सय मतको अन्तर हुनु पर्ने आंकलन वामगठबन्धनले गरेको बताईएको थियो ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D