शिक्षा

गुल्मीमा एसईई परिक्षाको पहिलो दिन ३२ जना अनुपस्थित

लक्ष्मी अर्याल
गुल्मी, चैत्र १० । आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसर्ईई) मा गुल्मी जिल्लामा ३२ जना विद्यार्थी अनुपस्थित भएका छन् ।

गुल्मी जिल्लामा ५ हजार ९३ जना विद्यार्थी एसईईको परिक्षामा सहभागी हुनपर्नेमा ३२ जना अनुपस्थित भएको शिक्षा बिकास तथा समन्वय इकाई गुल्मीले जनाएको छ ।

शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख थानेश्वर घिमिरेका अनुुसार १४ जना छात्रा र १८ जना छात्रले परिक्षा नदिएको बताइएको छ ।

आज पहिलो दिन अंग्रेजी विषयको परिक्षा शान्तिपुर्ण तरिकाबाट सम्पन्न भएको घिमिरेको भनाइ रहेको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D