हुमाकान्त पोखरेल
२२ चैत, गुल्मी । गुल्मीमा क्याम्पस जाने छात्राहरुलाई जबरजस्ति गर्न खोज्ने एक युवक पक्राउ परेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका वार्ड नम्बर २ का १७ बर्षिय शुसिल विकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पिडितको जाहेरीको आधारमा प्रहरीले युवकलाई पक्राउ गरी पाचँ दिन म्याद थप गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका असई सत्य यादवले बताए ।
सदरमुकाम तम्घासमा रहेको एक क्याम्पसमा पढ्दै आएका १८ र २१ बर्षका दुई युवतीलाई मंगलबार बिहान ५:५० मा विकले जबरजस्तिकरणीको प्रयास गरेका थिए ।
क्याम्पस जाने क्रममा पोसाकमै करणी प्रयास गरेको भन्दै विकलाई जबरजस्तिकरणीको मुद्धा अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर डाक्टर प्रसाद चौधरीले बताए ।