निर्वाचन अप्डेट

गुल्मीमा उम्मेदवारले यसरी सुरु गरे चुनावी अभियान, सुनौ अडियो कुराकानी

गुल्मी, कात्तिक १८ । आउँदो मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि मनोनयन दर्ता गरेसँग् गुल्मीमा विभिन्न पार्टीका उम्मेदवारले गाउँगाउँमा चुनावी अभियान सुरु गरेका छन् । बिहीबार मनोनयन गरे पछि शुक्रबार गाउँगाउँमा पुगेका उम्मेदवारले शनिबार बिहानैदेखि घरदैलोमा व्यस्त बन्न थालेका छन् ।
उम्मेदवारहरु गाउँगाउँमा पुग्न थालेसँगै चुनावी माहोल पनि बढेको छ । दुई प्रतिनिधिसभा र ४ प्रदेशसभा क्षेत्र रहेको गुल्मीमा ५० जनाभन्दा बढीले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
गुल्मीमा वाम गठबन्धन र कांग्रेसका उम्मेदवारका बिच मुख्य प्रतिस्पर्धा हुने भएको छ । गुल्मीमा वाम गठबन्धनबाट प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा प्रदिप ज्ञवालीसँग कांग्रेसका चन्द्र भण्डारी र क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा तर्फ गोकर्ण बिष्टसँग कांग्रेसका चन्द्र केसी बिच प्रतिस्पर्धा हुँदैछ ।

के भन्छन् उम्मेदवारहरु, सुनौँ:

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D