समाचार

गुल्मीमा अनियमित्ता र भ्रष्टचार “बढ्यो”, छाँया सरकार अन्तर्गत २६ वटा बिभाग गठन

प्रेम सुनार
गुल्मी, फागुन २९ । नेपाली कांग्रेस गुल्मीले जिल्लाभर अनियमित्ता र भ्रष्टचार बढेको बताएको छ । सो पार्टीले पत्रकार सम्मेलन गरी हिजो सम्पन्न जिल्ला पार्टीको २० औं बैठकले यस्तो निष्कर्श निकालेको बताएको छ । त्यस्तै व्याप्त रुपमा साधन श्रोतको दुरुपयोग भएको समेत कांग्रेसले बताएको छ ।

विकास निर्माणमा ढिला सुस्ती, कमिशनको चलखेल बढेको सचिव खिलध्वज पन्थीको भनाई छ । “चार वर्षमा दुई किलो मिटर बाटो नखनेको उदाहरण समेत हामीसंग छ त्यसको विरुद्धमा हामी उत्रिदै छौं” पन्थीले भने, “यसमा सञ्चारकर्मीको समेत हामीलाई सहयोगको खाँचो छ ।”

रचनात्मक प्रतिपक्षका लागि प्रशिक्षण
‘गाउँ जाऔं गाउँमै रमाऔं, गुल्मी कांग्रेसको ५० दिने अभियान’ भन्ने मुल नाराका साथ पार्टीले सन्चालन गर्न लागेको ५० दिने अभियान जिल्लाका ९३ वटै वडाहरुमा पुगेर कार्यकर्तालाई प्रतिपक्षको रचनात्मक भुमिकाबारे प्रशिक्षण दिने, क्रियाशिल सदस्यताले पालना गर्ने कुराबारे कार्यविधी बनाईने छ ।

छायाँ सरकारका रुपमा विकास निर्माणमा हुने गरेको अनियमित्ता, भ्रष्टचार, ढिला सुस्ती, साधान श्रोतको दुरुपयोग भएको प्रति निगरानी र खवरदारी गर्ने, जनताको जनजिविकाको सवाल उठाईने छ । यस्ता विषयहरुमा पार्टी एक भएर लाग्ने पार्टी उपसभापति तथा सुचना तथा सञ्चार विभाग प्रमुख विष्णुकुमारी सापकोटाले बताईन । विकास योजना बनाउँदा सिंहदरवारबाट होईन, गाउँका गरिवको झुपडीमा बसेर बनाउनु पर्छ भन्ने नेता विपी कोईरालाको विचारलाई मुर्तरुप दिने सभापति भुवन प्रसाद श्रेष्ठले बताए ।

छायाँ सरकारको मन्त्रालयका रुपमा विभाग गठन
यसै विच कांग्रेसको उक्त बैठकले छायाँ सरकारको मन्त्रालयका रुपमा विभिन्न विभागहरु समेत गठन गरेको छ । सचिव पन्थीले दिएको जानकारी अनुसार २६ वटा विभागहरु गठन गरिएको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D