gulminews logo
सोमबार, २०७९ जेष्ठ ९

गुल्मीभर नेकपा मालेको एक पदमा मात्रै मनोनय, यस्तो छ सानादलको मनोनयन नालीवेली

टोपलाल अर्याल
गुल्मी, १४ बैशाख । गुल्मीमा नेकपा मालेले एक पदमा मात्रै मनोनयन गर्दा गरेको छ । १२ वटा स्थानीय तह मध्ये रेसुंगामा उपप्रमुखमा मात्रै मालेले मनोनयन गरेको हो । त्यस्तै नेपाल मजदुर किसान पार्टीले पनि जिल्लाभरमा चन्द्रकोट गाउँपालिका प्रमुख पदमा मात्रै उमेद्वारी दिएको छ । जनता समाजवादी पार्टीले धुर्कोट र मदानेमा प्रमुख पदमा उमेदवारी दिएको छ । त्यस्तै सोहि पार्टीले चन्द्रकोट र धुर्कोटमा उपप्रमुख पदमा उमेद्वारी दिएको छ ।

छत्रकोटमा वडाध्यक्ष पाँच, धुर्कोटमा ३ र मदानेमा ३ वडाध्यक्ष पदमा उमेद्वारी परेको निर्वाचन कार्यालय गुल्मीले जनाएको छ । मंगोल नेशनल अर्गानाइजेशनले चन्द्रकोट, धुकोट, रेसुंगा र सत्यवतिमा प्रमुख तथा उपप्रमुख पदमा मनोनयन दर्ता गरेको हो । वडाध्क्षमा पनि चन्द्रकोट र धुर्कोटमा दुईदुई, रेसुंगामा एक र सत्यवतिमा दुई वडाध्यक्ष पदमा अर्गानाइजेशनले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत माया कुवंरले जानकारी दिइन् । त्यस्तै चन्द्रकोट, धुर्कोट र सत्यवतिमा चार÷चार वडा सदस्य पदको लागि उमेदवारी परेको छ । चन्द्रकोट र धुर्कोटमा महिला सदस्य र दलित महिला सदस्य एक÷एक र धुर्कोट दई÷दुई जना छन् ।

राष्टिय जनमुक्ति पार्टीले कालिगण्डकी र सत्यवतिमा एक÷एक वडाध्यक्ष, कालिगण्डकीमा सदस्य एक र सत्यवतिमा दुई मनोनयन गरेको छ । महिला सदस्य पनि कालिगण्डकी र सत्यवतिमा एक÷एक र दलित महिला सदस्य कालिगण्डकीमा एक जनाको मनोनयन गरेको छ । जनमोर्चाले धुर्कोट, मदाने र सत्यवतिमा प्रमुख पदमा मनोनयन गरेको छ । उपप्रमुखमा कालिगण्डकी र छत्रकोट मनानयन गरेको निर्वाचन कार्यालयको विवरणमा उपलब्ध छ । वडाध्यक्ष इस्मा र कालिगण्डकी एक÷एक, मदाने तीन, रुरु र सत्यववति एक÷एक जनाले मनोनयन परेको छ ।

सदस्यमा कालिगण्डकी र चन्द्रकोटमा दुई÷दुई, मदानेमा ३ र सत्यवतिमा दुई जनाको मनोनयन परेको निर्वाचन कार्यालयले जनाएको छ । विभिन्न पालिकामा महिला सदस्य ६ र दलित महिला सदस्यमा दुई जनाले मनोनयन गरे । राष्ट्रिय प्रजातन्त्र पार्टीले कालिगण्डकी, चन्द्रकाृट, मदाने, मुसिकोट र रेसुंगामा प्रमुख पदमा मनोनयन गरेको छ । त्यस्तै इस्मा र रेसुंगामा उपप्रमुख तथा वडाध्यक्षमा कालिगण्डकीमा एक, धुर्कोट एक, मदाने चार, रेसुंगा चार र सत्यवतिमा दुई जनाले मनोनयन दर्ता गरेका छन् ।

विभिन्न पालिकामा सदस्य सात, महिला सदस्य दुई र दलित महिला सदस्य एक जनाले मनोनयन दिएका छन् । नेकपा एकिकृत समाजवादीले मालिका र सत्यवतिमा प्रमुखमा मनोनयन गर्दा गरेको छ । गुल्मी दरवार, धुर्कोट, मुसिकोट, सत्यवति र रेसुंगामा मनोनयन गरेको निर्वाचन कार्यालयको विवरण उल्लेख छ । मदाने र रुरुमा एक÷एक तथा रेसुंगामा चार वडाध्यक्षमा मनोनयन परेको छ । विभिन्न पालिकामा सदस्य आठ, महिला सदस्य पाँच र दलित महिला दुई जनाले मनोनयन गरेको देखिएको छ ।

यो पनि पढ्नुस्

इतिहासको साँक्षी भार्सेको गोर्खा ग्यालरी, भिक्टोरिया क्रस पाउने रानादेखि भारतमा नेपाली पहिलो कर्णेल बुढाथोकी

टोपलाल अर्यालगुल्मी, ६ जेठ । नेपालका बिरलै गाउँ मध्येको भार्से गाउँ हो । जहाँ समुदाय

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D