निर्वाचन अप्डेट

गुल्मीबाट ६ जना निर्वाचित प्रतिनिधीको लागी ५२ जना उम्मेदवार मैदानमा

अनिल खत्री
गुल्मी कात्तिक २० । आगामी मंसिरमा हुन लागेको प्रदेश सभा र प्रतिनिधी सभा निर्वाचनमा निर्वाचनको लागी गुल्मीबाट ६ जना निर्वाचित प्रतिनिधीको लागी ५२ जना उम्मेदवार बनेको गुल्मीका मुख्य निर्वाचन अधिकृत रामप्रसाद न्यौपानेले जानकारी दिए । २ निर्वाचन क्षेत्र र ४ प्रदेशसभा क्षेत्र रहेका छन् ।
जिल्लाबाट ७ राजनितिकदलबाट प्रतिनिधी सभा र प्रदेश सभाको लागी उम्मेदवार बनेका छन् । क्षेत्र नम्बर १ बाट प्रतिनिधी सभाको लागी ११ जनाको उम्मेदवारी रहेको छ । जस मध्ये ३ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
सोहि क्षेत्रबाट प्रदेश सभा क्षेत्र नम्बर १ बाट ९ जनाले उम्मेदवारी दिएका छन् । जस मध्ये ३ जनाको स्वतन्त्र उम्मेदवारी रहेको छ । प्रदेश सभा क्षेत्र नम्बर २ बाट ७ जनाको उम्मेदवारी रहेको छ ।
जस मध्ये २ जना स्वतन्त्र उम्मेदवार बनेका छन् । निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधी सभा तर्फ ९ जनाको उम्मेदवारी रहेको छ । जस मध्ये ३ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । सोहि क्षेत्रबाट प्रदेश सभा क्षेत्र नम्बर १ बाट ८ जना उम्मेदवार बनेका छन् ।
जस मध्ये ३ जान स्वतन्त्र उम्मेदवार बनेका छन् । प्रदेश सभा क्षेत्र नम्बर २ बाट ८ जना उम्मेदवार बनेका छन् । जस मध्ये २ जना स्वतन्त्र उम्मेदवार बनेका छन् । जिल्लामा कुनै पनि दलका कागी उम्मेदवारको रुपमा छैनन् । अन्य स्वतन्त्रबाट उम्मेदवार बनेका पनि कुनै दललाई प्रभाव पादैनन् ।
जिल्लामा मुख्य गरि बाम गठबन्धन र काँग्रेस बिच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । जिल्लामा क्षेत्र नम्बर १ मा बामगठबन्धनका उम्मेदवार प्रदिप ज्ञवालीसँग काँग्रेसबाट चन्द्र भण्डारी क्षेत्र नम्बर २ मा गोकर्ण बिष्टसँग काँग्रेसबाट चन्द्र केसी बिच प्रतिस्पर्धा हुँदै छ ।

झण्डै २ लाख मतदाता

प्रतिनिधी सभा र प्रदेशसभा निर्वाचनमा गुल्मीमा झण्डै २ लाख मतदाता रहेका छन् । जिल्लामा रहेका २ वटा निर्वाचन क्षेत्रमा १ लाख ९६ हजार ३सय ३७ कुल मतदाता रहेका छन् ।
जस मध्ये महिला १ लाख १ हजार ६ सय ६१ पुरुष ९४ हजार ५ सय ७५ र १ जना तेस्रो लिङ्गी रहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीका सुचना अधिकारी कृष्ण पन्थीले जानकारी दिए । जिल्लामा महिला मतदाताहरुको सख्या वढी रहेको छ ।
पुरुष मतदाता भन्दा झण्डै ७ हजार महिला मतदाता वढी रहेका छन् । जिल्लामा ६ हजार ९ सय ८६ महिला मतदाता वढी रहेका छन् । रोजगारीको शिलसिलामा नेपाल बाहिर पुरुष रहेकाले पनि महिला मतदाता भन्दा पुरुष मतदाता कम रहेका छन् । प्रतिनिधी सभा तर्फ क्षेत्र नम्बर १ मा १ लाख ५ हजार ४ सय २३ जना जम्मा मतदाता रहेका छन् ।
कुल मतदाता मध्ये महिला ५५हजार ५ सय ७३ जना र पुरुष ४९ हजार ८ सय ५० जना रहेका छन् । क्षेत्र नम्बर २ मा ९० हजार ९ सय १४ जना जम्मा मतदाता हरेका छन् । जसमध्ये महिला ४६ हजार ८८ जना, पुरुष ४४ हजार ८ सय २५ जना र तेस्रो लिङ्गी १ जना रहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।
प्रदेशसभा तर्फ क्षेत्र नम्बर १ मा ५१ हजार ५ सय ३८ जना रहेका छन् । कुल मतदाता मध्ये महिला २७ हजार ४२ जना र पुरुष २४ हजार ४ सय ९६ जना रहेका छन् । प्रदेशसभा अन्र्तगत क्षेत्र नम्बर २ मा ५३ हजार ८ सय ८५ जना जम्म मतदाता रहेका छन् ।
कुल मध्ये महिला २८ हजार ५ सय ३१ जना र पुरुष २५ हजार ३ सय ५४ जना रहेका छन् । प्रदेशसभा क्षेत्र नम्बर ३ मा ४४ हजार ७ सय ७६ जना जम्मा मतदाता हरेका छन् । जसमध्ये महिला २३ हजार २ सय १५ जना र पुरुष २१ हजार ५ सय ६१ जना रहेका छन् ।
प्रदेशसभा क्षेत्र नम्बर ४ मा ४६ हजार १ सय ३८ जना जम्म मतदाता रहेका छन् । कुल मध्ये महिला २२ हजार ८ सय ७३ जना र पुरुष २३ हजार २ सय ६४ जना रहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।
निर्वाचनको लागी जिल्ला निर्वाचन कार्यालय गुल्मीले बिभिन्न तालिमहरु सँगै मतदाता शिक्षा कार्यक्रमहरु गर्ने तयारी गरेको जिल्ला निर्वाचन अधिकृत गणेशबहादुर खत्रीले जानकारी दिए ।

गुल्मीमा १ सय ३८ मतदान स्थल कायम

प्रदेश सभा र प्रतिनिधी सभा निर्वाचनको लागी गुल्मीमा १ सय ३८ मतदान स्थल रहने भएका छन् । जिल्ला निर्वाचन कार्यालय गुल्मीका अनुसार गता स्थानिय तह निर्वाचनमा कायम भएका मतदान स्थललाई कायम गरिएको जिल्ला निर्वाचन अधिकृत गुल्मीका प्रमुख गणेश बहादुर खत्रीले जानकारी दिए ।
२ वटा निर्वाचन क्षेत्र रहेको गुल्मीमा जिल्ला भर २ सय ५१ मतदान केन्द्र रहने जिल्ला निर्वाचन कार्या गुल्मीले जनाएको छ । गत असारमा सम्पन्न स्थानिय तह निर्वाचनमा २ सय ४० वटा मतदान केन्द्र कायम थिए । मतदाता संख्याको आधारमा ११ वटा केन्द्र थप भएको जिल्ला निर्वाचन अधिकृत खत्रीले जानकारी दिए ।
प्रत्येक मतदान केन्द्रमा करिव १ हजार भन्दा वढी मतदात भए अर्को केन्द्र थपिने व्यवस्था रहेको छ । मतदाताहरु थप भएसँगै केन्द्र थपिएको अधिकृत खत्रीले बताए । निर्वाचन शिक्षा प्रभावकारी बनाउन जिल्लामा २ सय ५१ जना निर्वाचन शिक्षा कार्यकर्ता र मतदाता शिक्षा स्वयसेवकहरु सिफारि गर्ने निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।
मतदाता शिक्षालाई प्रभावकारी बनाउन सञ्चार जगत, नागरिक समाज, राजनैतिक दलहरुले सहयोग गर्न आग्रह गर्नेभएको छ । जिल्ल्लाका प्रमुख जिल्ला अधिकारी गोपाल अर्यालले आगामी मंसिरमा हुने निर्वाचनलाई शान्तिपूर्ण भयरहित वातावरणमा सम्पन्न गर्न सबैपक्षले सहयोग गर्न आग्रह गरे ।

 

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D