gulminews logo
बिहीबार, २०८१ बैशाख १३

गुल्मीन्युज समाचार प्रभाव: घटेको भाडा कार्यन्वयन गरे नगरेको अनुगमन, भोलिबाट पनि नघटाए कारवाही हुने

सन्तोष महतारा
गुल्मी, भदौ १५ । केहि दिन अघि जिल्ला प्रशाासन कार्यालय गुल्मीले यातायात ब्यवसायी, संघसंस्था तथा राजनैतिक दल विभिन्न संघसंस्था लगायतको उपस्थितमा जिल्लामा नयाँ भाडादर लागू गरेको थियो । गएको १० गते लागु हुने भनेको गाडीभाडादर लागु नभएको समाचार गुल्मीन्युज डट कम मार्फत सार्वजनिक (हेर्नुस् समाचार) भएपछी जिल्ला प्रशाासन कार्यालयले अनुगमन गरेको छ ।

जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त टोलीले अनुगमन गरेको हो । अनुगमनमा नयाँ भाडादर कार्यान्वयन नभएको देखिएको छ । आजसम्म कसैले पनि नयाँ भाडादर लागू नगरेको भेटिएको जिल्ला प्रशाासन कार्यालय गुल्मीका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिनुभएको छ ।

रातो प्लेटका नयाँ गाडीले यात्रु हालेको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले कार्वाही गरेको छ । यातायात ब्यवसायीले भने आफ्नो प्राविधिक समस्याले लागू गर्न नसकेको बताएका छन् । यातायात ब्यवसायी, सवारीधनी तथा सवारीचालकले भोली अर्थात् सोमबार भदौ १६ गते देखी नयाँभाडादर लागु हुने बताएका छन् । जिल्ला प्रशाासन कार्यालयले भोली नयाँभाडादरको ठाउँठाउँको लिस्ट दिने छ । अनि सबै ठाउँमा भाडा लागु हुने जनाइएको छ ।

तर जिल्ला प्रशाासन कार्यालय गुल्मीले भोलीबाट नयाँ भाडादर कायम नभए कार्वाही गर्ने जनाएको छ । प्रमुख जिल्ला अधिकारीले प्रशाासनले तोको भाडा तलमाथि नहुने बताएका छन् । भाडा कायम भएरै छाड्ने उनको भनाई छ । यसभन्दा अघि नयाँ भाडादर तोकिए पनि यसरी भाडा लिदैँ आएका थिए ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D