समाचार

गुल्मीको भगवती माबीमा ३ छात्राद्वारा स्कुल समयमै विष सेवन

टोपलाल अर्याल
गुल्मी, १४ कार्तिक । गुल्मीको रेसुङा नगरपालिका १० को भगवती माबीका तीन छात्राले विष सेवन गरेका छ्न । कक्षा १० मा अध्ययन गर्ने सोही वडाका १६ वर्षिया समिक्षा थापा, सपना थापा र पार्वती केसिले विष सेवन गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक दिपक कुमार बस्नेतले बताए ।

समिक्षाले मुसाको विष बोतलमा घोलेर शुरुमा आफुले खाएको र पछि अरु दुई जना साथीहरूलाई खानेपानी भनेर खुवाएको उपरीक्षक बस्नेतले बताए । बिहान अतिरिक्त कक्षा चलिरहेको बेलामा पिसाब फेर्न भनेर बाहिर निस्किएका उनिहरुले साढे नौ बजे विष सेवन गरेको बिधालयले जनाएको छ । घटनाले आफुलाइ पनि दुख लागेको बताउँदै प्रध्यानाध्यापक खेमराज आचार्यले एक जनाको नियतले अरु पनि फसिएको बताए ।

तीन जनालाई नै जिल्ला अस्पताल तम्घासमा सामान्य उपचार गरि थप उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास रेफर गरिएको प्रहरीले जनाएको छ । शुरुमा विष सेवन गर्ने समिक्षाले आफ्नो स्थानीय एक दलित केटासँग प्रेम सम्बन्ध रहेको र घरकाले पटकपटक तनाव दिएपछि विष सेवन गरेको बताइन् ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D