अपराध

गुल्मीको छत्रकोट गाउँपालिकामा एक हप्तामा दुई जना बलात्कृत

टोपलाल अर्याल
गुल्मी, बैशाख १० । गुल्मीको छत्रकोट गाउँपालिकामा एक हप्ताको समयमा दुई महिला बलात्कृत भएका छन् । सोमबार छत्रकोट गाउँपालिका ५ का २६ बर्षीय अनिल भनिन तेज बहादुर सुनारले स्थानीय ४५ बर्षीय अपाङ्ग महिलालाई बलात्कार गरे ।

यो पनि पढ्नुस्: भारतबाट नेपाल छिर्दै गरेका गुल्मीका पौडेल ४६ लाख रुपैयाँ सहित समातिए, श्रोत नुखुलेको प्रहरीको आरोप

जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रविन्द्र खड्काका अनुसार सुनारले पंधेरामा पानी लिन गएकी ती महिलालाई बलात्कार गरेका थिए । मदिरा सेवन गरेका आरोपितले वाटो छेउकै एक गोठमा लगेर बलात्कार गरेको खड्काले बताए ।

बलात्कार गर्ने क्रममा पीडित महिला चिच्चाएपछि स्थानीयबासीले सुनेर सुनारलाई छोपेर प्रहरीलाई खबर गरेको स्थानीय पूर्ण श्रेष्ठले जानकारी दिए । आरोपितलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको एसपी दिपक कुमार बस्नेतले बताए ।

यो पनि पढ्नुस्: गुल्मीमा बलात्कारका घटना बढे: बाबुले छोरी, दाजुले बैनी र हजुरबुवाले नातिनी बलात्कार गरेका उजुरी

पीडित महिलाको आजनै गुल्मी अस्पतालमा स्वास्थ्य परिक्षण गरिएको छ । सोहि स्थानमा गएको ५ बैशाखमा पनि १४ वर्षीय वालिका वलात्कृत भएकी थिइन् । पाल्पा तानसेन नगरपालिका ५ का ४५ बर्षीय हनुमान भनिने समीर मियाँले वलात्कार बालिकालाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

मामाघर गएर आमासगै घर फर्कने क्रममा मोटरसाईकलमा आएका मियाँले वालिकालाई घर पुराईदिने भन्दै पैसा दिने प्रलोभन देखाएर वलात्कार गरेका हुन । मियाँलाई पनि प्रहरीले जिल्ला अदालतबाट म्याद थप गरेर हिरासतमा अनुसन्धान गरिरहेको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D