अपराध

गुल्मीकि बालिका बलात्कृत, बलात्कारी हनुमान अर्घाखाँचीबाट पक्राउ

टोपलाल अर्याल
गुल्मी, बैशाख ०५ । गुल्मीमा १४ वर्षीया किशोरी बलात्कृत भएकी छिन् । जिल्लाको छत्रकोट गाउँपालिका ६ कि १४ वर्षीया किशोरी लाई पाल्पा तानसेन नगरपालिका ५ का ४५ वर्षीय हनुमान भनिने समीर मियाले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

यो पनि हेर्नुस: गुल्मीको दुर्गम गाउँमा पुगे अमेरिकन पर्यटकहरु, रमाए स्थानियसँगै (फोटोहरु)

मामाघर गएर आमासँग घर फर्कने क्रममा मोटरसाईकलमा आएका मियाले किशोरीलाई घर पु-याइदिने भन्दै आमाको सहमतिमा मोटरसाईकलमा लिएर गए । बीच बाटोमा पुगेपछि पैसाको प्रलोभन देखाएर बलात्कार गरेको प्रहरीको भनाई छ । जिल्ला प्रहरी प्रमुख एसपी दिपक कुमार बस्नेतका अनुसार कसैलाई नभन्नु भन्दै ५ सय रुपैयाँ किशोरीलाई दिएर मिया फरार भएको बताए ।

मियालाई जिल्ला प्रहरी कार्यालय गुल्मी र अर्घाखाँची जिल्लाको अर्घातोष प्रहरी चौकिको संयुक्त प्रहरीको टोलीले एक घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेकाे छ। किशोरी बलात्कृत गर्ने मियालाई जवर्जस्ती करणी अभियोगमा मुद्दा चल्ने र अन्य घटनाका बारेमा थप अनुसन्धान भइरहेको बस्नेतले बताए । घटना बुधवार दिउँसो भएको बताईएको छ । मिया भैंसी व्यापारी हुन ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D