समाचार

गुल्मीका सात स्थानमा आपतकालीन सुचना दिने साईरन जडान

अनिश शर्मा गैरे
गुल्मी, १० साउन । गुल्मीका सात छुट्टाछुट्टै स्थानमा विपदको पुर्व सुचना दिने आपतकालीन साईरन जडान गरिएको छ ।

बिशेषगरी बडिगाड खोला प्रभावित क्षेत्रहरु जिल्लाको रिडी, रुद्रवेणी, खैरेनी, उल्लीखोला, मजुवा, इन्द्रेगौडा र वामीमा आपतकालीन साईरन जडान गरिएको मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले जानकारी दिए ।

जिल्ला दैवि प्रकोप उद्धार समिति मार्फत वितरण गरिएको सो उपकरणको माध्यमबाट आगलागी, बाढी, पहिरो, भुकम्प लगायतका प्राकृतिक दैवि प्रकोप आएको थाहा आउदा साइरनको माध्यममबाट जनतालाई जानकारी गराउन सकिन्छ. ।
उक्त सुचना मेसिनमा २५ जना व्यक्तिहरु सम्मको नम्बर राखिएको हुन्छ ।

विपदको सुचना पाउनासाथ ती व्यक्तिहरुले डायल गरेको कोडको आधारमा मेसिनले साइरन बजाएर सुचना दिने गर्दछ । आगलाी, बाढी पहिरो भुकम्प जस्ता प्राकृतिक विपदहरुको क्षती कम गर्न यस प्रकारको मेसिनले सहयोग पुग्ने विश्वास गरिएको छ ।

बिपद नियन्त्रण बाहिर र अपर्झट हुने भएकाले त्यस्ता घटना भइहालेमा उद्धार गर्न र क्षति हुनबाट जोगिन केन्द्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D