समाचार

गुल्मीका पुल हेरालुलाई वार्षिक १० लाख ५० हजार

तिलाचन पाण्डे
गुल्मी, जेठ ३० । गुल्मी जिल्लामा रहेका झोलुंगे पुल हेरालुका लागि वर्षको १० लाख ५० हजार रुपैयाँ खर्च हुने गरेको पाइएको छ। जिल्लामा रहेको २ नगरपालिका र १० गाउँपालिकामा रहेका १७५ वटा झोलुंगे पुल हेरालुका लागि प्रत्येक वर्ष यो रकम खर्च हुने गरेको हो।

एक झोलुंगे पुल हेरेबापत ६ हजारका दरले रकम पाउने गरेको जिल्ला समन्वय समितिअन्तर्गत रहेको जिल्ला प्राविधिक कार्यलय गुल्मीका इन्जिनियर पारस पन्थीले बताए ।

रेसुंगा नगरपालिकामा ६ वटा , मुसिकोट नगरपालिकामा ३७ वटा, मदाने गाउँपालिकामा २३ वटा मालिका गाउँपालिकामा २८ वटा, इस्मा गाउँपालिकामा १० वटा चन्द्रकोट गाउँपालिकामा ६ वटा, सत्यावती गाउँपालिकामा १५ वटा, छत्रकोट गाउँपालिकामा ५ वटा, गुल्मी दरबार गाउँपालिकामा १३ वटा, कालिगण्डकी गाउँपालिकामा १४ वटा , रुरु गाउँपालिकामा २ वटा र धुर्कोट गाउँपालिकामा १६ गरी जम्मा १७५ वटा झोलुंगे पुलहरु रहेको र उनीहरुलाई सामान्यतया हेरालु राखिएको पन्थीले बताए।

खासगरी पुलहरुको रेखदेख गर्ने, वरपर कहिलेकाहीँ सरसफाइ गर्ने र पुलहरुको अवस्थाबारे जिल्ला प्राविधिक कार्यलय गुल्मीमा जानकारी गराउने कामका लागि हेरालु राखिएकोे पन्थीले बताए। हेरालुहरुले पाउने तलब जिल्ला प्राविधिक कार्यलय गुल्मीबाट भुक्तानी हुने गर्दछ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D