अपराध

गुल्मीका पाण्डे र अर्का एक जना श्रोत नखुलेको ३० लाख ५० हजार सहित पक्राउ

काठमाडौं, १५ चैत । श्रोत नखुलेको ३० लाख ५० हजार रुपैयाँ सहित २ जना पक्राउ परेका छन् । काठमाडौं बिशालबजार नजिकबाट श्रोत नखुलेको नगद ३० लाख ५० हजार रुपैयाँ सहित काठमाडौं कालोपुल बस्ने गुल्मी कालिगण्डकी गाउँपालिका-१ घर भएका २५ बर्षीय गणेश पाण्डे सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उक्त स्थानमा हुण्डीको कारोबार भइरहेको खबर प्राप्‍त हुनासाथ महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त रकम सहित फेला पारी पक्राउ गरेको हो ।

साथै उनीहरुको साथबाट दरौदी बहुउद्देश्य सहकारी संस्थाको १ लाखको चेक, रञ्जना बहुउदेश्य सहकारी संस्थाको २५ हजारको चेक, कुमारी बैंकको २ लाख ८५ हजारको चेक, गुणकारी बचत तथा ऋण सहकारी संस्थाको १० हजारको चेक र १ थान मोबाइल प्रहरीले बरामद गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D