समाचार

गुल्मीका जिसीलाई भियतनाममा नेपालकै उत्कृष्ट डिलरको अवार्ड

अनिल खत्री
१३ साउन गुल्मी । गुल्मीका एक युवा व्यावसायी भियतनाममा सम्मानित भएका छन् । जिल्लाको सदरमुकाम तम्घास स्थित जय सगरमाथा अटो मोवाइल्स प्रालि बजाज स्वरुम सञ्चालन गर्दै आएका सञ्चालक नारायण जिसी भियतनाममा उत्कृष्ट राष्ट्रिय अवार्डले सम्मानित भएका हुन् ।
सदरमुकाम तम्घास स्थित बजाज स्वरुम सञ्चालन गर्दै आएका युवा व्यावसायीलाई नेपालकै उत्कृष्ट डिलरको अवार्डले सम्मानित हुने अबसर पाएका छन् । उनलाई भियतनाममा सम्पन्न बजाजको एक कार्यक्रममा हंसराज हुलाचशन्द्र एण्ड प्रालिका संञ्चालक शेखर गोल्छाले जिसीलाई नेपालै उत्कृष्ट डिलरको अवार्ड हस्तातरण गरेका थिए ।
जिल्लाको सदरमुकाम तम्घासमा छोटो समयमै निकै मेहनत लगनशिल युवा जिसी सफल व्यावसायीको रुपमा परिचित मानिन्छन् । नेपालकै उत्कृष्ट डिलरको अवार्डले सम्मानित हुँदा निकै खुसी मिलेको बताए ।
उनले यो अवार्डले आफुलाई आगामी दिनमा केहि गर्नु पर्छ सफलता मिल्छ भन्ने गर्व थपिएको बताए । यो अवार्ड प्राप्त गर्नु आफना ग्राहक तथा सम्पूर्णको सहयोग रहेकाले धन्यावाद समेत दिए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D