gulminews logo
शुक्रबार, २०८० चैत्र १६

गाउँमै पालेको एउटै बोका १६५ किलोको, ३ वटा बाख्रा पालेर साढे दुई लाख आम्दानी

सन्धिखर्क, माघ १७ । एउटा बोकाको तौल कति किलोसम्म हुन सक्छ ? तपाईं भन्नुहोला, बढीमा सय किलो। तर होइन, अर्घाखाँचीका किसानले पालेको बोको एक सय ६५ किलोको छ। बोयर जातको त्यो बोकालाई सन्धिखर्कमा लागेको कृषि प्रदर्शनी मेलामा राखिएको छ।

यो पनि पढ्नुस्: एक ट्रक बोका निर्यात गर्दै सत्यवती गाउँपालिका, मासु र दुधमा आत्मनिर्भर

मेला अवलोकन गर्न आउनेहरू बोको हेर्न झुम्मिन्छन्। र, सेल्फीसमेत खिच्छन्। सन्धिखर्क नगरपालिका–११ डिभर्नाका किसानले त्यसलाई तीन वर्षअघि ३ लाख रुपैयाँमा किनेका हुन्। त्यो पनि अस्टे«लियाबाट। त्यसपछि सन्धिखर्कको डिभर्ना बोयर जातका बाख्रा उत्पादनस्थल नै बनेको छ। मासुजन्य उत्पादकत्व सुधार तथा बोयर वर्णशंकर उत्पादन कार्यक्रमअन्तर्गत जालकाँडा बाख्रापालन समूहमा आबद्ध डिर्भनाका किसानले बोयर जातको बोका क्रस गराएर उत्पादित बाख्राबाट मनग्गे आम्दानी गरेका छन्। यसअघिको तुलनामा उनीहरूको आय तेब्बर पुगेको छ।

किसानले तीन वर्षअघि १५ वटा बोयर जातका बोका ल्याएका थिए। त्यसपछि मात्र बोयर जातको बाख्रा उत्पादन बढेको हो। परम्परागत रूपमा पालिँदै आएका खरी जातका बाख्रामा उन्नत बोयर बोका क्रस गराएर ६ महिनामै ४० किलोसम्म मासु उत्पादन हुन थालेपछि उनीहरूको व्यवसाय फस्टाउँदै गएको छ।

बोयर जातका बोका बिक्रीका लागि किसानले सल्यान, रुकुम, प्युठान, स्याङ्जा, पाल्पा, गुल्मी र अर्घाखाँचीकै विभिन्न स्थानीय तहमा पठाउँछन्। किसानले समूहमार्फत पाठापाठीसमेत बेच्ने गरेको जालकाँडा बाख्रापालन समूहका अध्यक्ष गोपाल बस्यालले जानकारी दिए। समूहले जिल्लाकै छत्रदेव गाउँपालिकामा १ सय २५, भूमिकास्थान नगरपालिकामा ३८, शीतगंगा नगरपालिकामा २५ र सन्धिखर्क नगरपालिकाका अन्य वडामा १६ बोका बेचेको उनको भनाइ छ। एक किलोको एक हजार रुपैयाँका दरले जिउँदो बोका बिक्री हुन्छ।

गाउँका एक सय ५३ घरधुरी संलग्न रहेको समूहमा आबद्ध किसानले १२ सय बाख्रापालन गरिरहेका छन्। ‘एउटा पाठापाठी जन्मिँदा चारदेखि पाँच किलो हुन्छ। काठे बाख्रा एक वर्षमा २५ किलो हुन्थ्यो’, समूहका अध्यक्ष बस्यालले भने, ‘बोयर जातको बोका लगाएपछि तीन महिनामै ३० किलो हुँदो रहेछ। ’

डेढ वर्षको अवधिमा तीन वटा मात्र बाख्रा पालेकी डिभर्नाकी गीता भुसालले बोका र पाठी बिक्रीबाट साढे दुई लाख बुझिन्। सजिलो माध्यमबाट मनग्गे आम्दानी भएपछि उनी दंग छन्। -अन्नपूर्ण पोष्टबाट

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D