समाचार

गाउँमै ज्यामी काम गर्ने अमरको मृगौला फेल: बुवा बर्षौदेखी भारतमा हराए, आमालाई आन्द्राको पुरानो समस्या

सन्जु काउछा
मार्च ०२ । बुवा बर्षौदेखी भारतमा हराईरहेका छन् । आमालाई आन्द्राको पुरानो समस्या छ जस्को नियमित उपचारमा अस्पातल धाईरहनु पर्छ उनलाई । भाईबैनीहरु पढ्दै थिए जुन अब खर्च अभावमा रोखिने अवस्थामा पुगेको छ । भर्खर जन्मेको दुधे बालक, श्रीमती र बिरामी आमालाई जेनतेन गाउँमै ज्यामी काम गरेर पालिरहेका थिए अमर राकस्कोटी ।

गुल्मीदरबार गाउँपालिका-१, बलिथुमका उनै अमर राकसकोटी मगरको दुबै मृगौला फेल भई हाल बुटवलस्थित गौतमबुद्ध सामुदायिक अस्पतालमा उपचार गराईरहेका छन् । दुबै मृगौलाले काम नगर्ने भएपछी डक्टरहरू जती सक्दो छिटो उनको मृगौला प्रत्यारोपण गर्नुपर्ने बताईरहेका छन् ।

उमेरले भर्खर २५ वर्ष टेक्दै गरेका अमर घरका जेठा छोरा भएकाले सम्पूर्ण घरब्यबहार यिनैको काँधमा थियो । गाउँमा मजदुरी गरेर घर खर्च चलाऊन धौ धौ भईराहेको बेला अमरलाई अचानक मृगौलाको समस्याले घातक आक्रमण गर्दा यो परिवारलाई अहिले थप बज्रपात आइपरेको छ । आफ्नै आन्द्राको समस्याले अस्पातल धाईरहेपनी पैसा अभावले उनको पनि आन्द्राको अप्रेशन हुनसकेको छैन । “हस्पिटल हिँडेकीहिँड्यै छु, डाक्टरहरु अप्रेशन गर्नुपर्छ भन्छन्, पैसा भए पो अप्रेशन गर्नु ?”, उनी भन्छिन्, “गाउँमा ऋण नकाढेको टोल छैन, ऋण नलिएको घर बिरिएको छैन ।”

आमा पहिल्यैदेखिकी बिमारी, त्यहीँमाथि घरको कमाउने एक मात्र छोरो पनि बिरामी परेपछी यो परिवार अहिले ठुलो समस्यामा छ । वर्षौंदेखि नोकरीको शिलशिलामा भारत भासिएका अमरको बुवाको कुनै अत्तोपत्तो छैन । सहयोग गर्ने दाजु थला परेपछी पढ्दै गरेका दुई भाइबहिनीहरूको पढाइमा समेत ब्रेक लाग्ने अवस्था आएको छ । यता अमरको भर्खरै जन्मिएको दुधे बालकले पनि आफ्नो बावुको अभिभावकत्व नपाउने हो कि भन्ने चिन्ताले उनकी श्रीमतीलाई दिनरात सताईरहेको छ ।

अती बिपन्न परिवारका अम्मरले यतिबेला सबै जनासँग नयाँ जीवनको भिख मागिरहेका छन् । कृपया सबैजनाले उनलाई सक्दो सहयोग गरौँ ।

सहयोगको लागि सम्पर्क:

जीवित खड्का मगर ( नेपाल ) — 9847234779
चेतप्रसाद राकसकोटी मगर ( नेपाल ) — 9847300105
खिम अर्जुन ( दुबई ) — 00971569219805
पदम खड्का मगर ( दुबई ) — 00971505098158
पिएम सर्तुङगी मगर ( पोर्तुगल ) — 00351920335534
नारायण ज्ञवाली ( कोरिया ) — 01064522368
घनश्याम ज्ञवाली ‘राजु’ ( कोरिया ) — 0821086863940

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D