gulminews logo
सोमबार, २०७९ जेष्ठ ९

गाउँपालिका अध्यक्ष पदबाट राजिनामा दिएर वडासदस्यमा उम्मेदवार

अनिल खत्री
१९ वैशाख, गुल्मी । वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा गुल्मीमा गाउँपालिका अध्यक्ष पदबाट राजिनामा दिएर वडासदस्य पदमा उम्मेदवार बनेका छन् । जिल्लाको चन्द्रकोट गाउँपालिका अध्यक्ष दोर्ण खत्रीले गाउँपालिकाको अध्यक्ष पदबाट राजिनामा दिएर वडासदस्यमा उम्मेदवार बनेका हुन् ।

०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्ष बनेका थिए । खत्री चन्द्रकोट गाउँपालिका वडानम्बर–३ बाट वडासदस्यमा उम्मेदवार बनेका छन् ।

चन्द्रकोट गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस बिच गठबन्धन भएको छ । वडासदस्य पदमा उम्मेदवार बनेका खत्री नेपाली कांग्रेसबाट उम्मेदवार बनेका हुन् ।

वडासदस्यबाट निर्वाचित भएर जिल्ला समन्वय समितिमा जाने उदेश्यले उनि सदस्य पदमा उम्मेदवार बनेको बताए । वडासदस्य उम्मेदवार खत्री यतिबेला मतदाताको घरदैलोमा व्यस्त बनेका छन् ।

स्थानीय तह सञ्चालन सम्बन्धी आफनो ज्ञानलाई जिल्ला समन्वयमा रहेर तीन तहका सरकारसँग समन्वयकारी भूमिका खेल्ने बताए । स्थानीय तह सञ्चालनको क्रममा धेरै अनुभव आफुसँग रहेकाले त्यो अनुभवलाई समन्वय समितिमा रहेर काम गर्ने उनले बताए ।

चन्द्रकोट गाउँपालिकामा गठबन्धनबाट नेकपा माओवादी केन्द्रबाट युवराज केसी, उपाध्यक्षमा नेपाली कांग्रेसबाट बिष्णुप्रसाद भण्डारी उम्मेदवार बनेका छन् । त्यस्तै नेकपा एमालेबाट चेतन बस्नेत र उपाध्यक्ष पदमा राधिका अर्याल उम्मेदवार बनेका छन् ।

बस्नेत जिल्ला समन्वय समिति सदस्यपदबाट राजिनामा दिएर गाउँपालिका अध्यक्ष पदमा उम्मेदवार बनेका हुन् भने अर्याल गाउँपालिका उपाध्यक्ष पदबाट राजिनामा दिएर पुनः उपाध्यक्ष पदमा उम्मेदवार बनेकी छन् ।

०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा तीन पार्टी बिच छुट्टाछुट्टै चुनावी प्रतिस्पर्धामा गएका थिए । जसअनुसार अध्यक्ष पदमा नेपाली कांग्रेस उम्मेदवार र उपाध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका थिए ।

यो पनि पढ्नुस्

इतिहासको साँक्षी भार्सेको गोर्खा ग्यालरी, भिक्टोरिया क्रस पाउने रानादेखि भारतमा नेपाली पहिलो कर्णेल बुढाथोकी

टोपलाल अर्यालगुल्मी, ६ जेठ । नेपालका बिरलै गाउँ मध्येको भार्से गाउँ हो । जहाँ समुदाय

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D