समाचार

गगन थापा आज गुल्मी आउँदै

अनिश शर्मा गैरे
गुल्मी, १९ बैशाख । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व स्वास्थ्य मन्त्री गगन थापा आज गुल्मी आउने भएका छन । नेपाली काँग्रेस गुल्मीको ५० दिने महाअभियानलाई सफल बनाउन उनी गुल्मी आउने भएका हुन ।

१९ गते साँझ धुर्कोट गाउँपालिकाको ७ को दलित, गरिव तथा विपन्न परिवारको घरमा बस्ने थापाको कार्यक्रम छ । उनले त्यस घरमा वसेर त्यस परिवारको अवस्थावारे जानकारी लिनेछन ।

त्यस्तै उनले भोली अर्थात विहिबार विहान वाग्लाको बडाचौरमा रहेको कार्यक्रमलाई सम्वोधन गरेर दिउँसो सदरमुकाममा नेपाली काँग्रेस रेसुङ्गा नगरपालिकाको आयोजनामा बालमन्दिरमा हुने आम सभालाई सम्बोधन गर्नेछन।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D