अपराध

केटीको निहुँमा आफ्नै १४ बर्षिय साथीको हत्या, खास भाको यस्तो रैछ

गुल्मी, २९ माघ । आफूसँगैको किशोरीसँग बिहेको कुरा गरेको निहुँमा पोखरामा युवकले आफ्नो टिनएजर साथीको हत्या गरेका छन्। ‘केटी’का विषयमा विवाद भएपछि १४ वर्षीय सचिन सिंजालीको हत्या भएको हो। उनको हत्या अभियोगमा पक्राउ परेका एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

पोखरा –६ लेकसाइडमा बस्दै आएका १४ वर्षीय किशोर सचिन सिँजालीको हत्यामा संलग्न भएको आरोपमा कास्की प्रहरीले पर्वत जिल्ला मल्लाजका २१ बर्षीय कुमार गर्बुजालाई पक्राउ गरी सार्वजनिक गरेको छ हो ।

कुमार गर्बुजाले पाल्पा जिल्ला रम्वापानी गाउँपालिका घरभई पोखराको लेकसाइड स्थित शान्तिनगरमा आमा सुनीतासँग बस्दै आएका १४ बर्षीया किशोर सचिन सिंजालीको मंगलवार विहान लेकसाइडको एक निर्मार्णाधिन घरको भूँईतलामा चक्कुले घाँटी रेटेर हत्या भएको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक होम रानाले हत्या गरेर फरार रहेका कुमार गर्बुजालाई मंगलवार दिउसो घटनास्थल नजिकै लेकसाइडवाट पक्राउ गरिएको वताए । हत्या अभियोगमा पक्राउ परेका कुमार गर्बुजाले वालक सिंजालीको हत्यामा संलग्न भएको प्रहरी समक्ष स्वीकार गरिसकेका छन् । उनीहरु सडकमा नै खाने र सडकमा नै वस्ने गर्थे । सडक वालिका १४ बर्षीया सुनिताको विषयलाई लिएर सिंजालीको हत्या भएको प्रहरीले जानकरी दिएको छ ।

उक्त निर्माणाधिन घरमा वालकको हत्या भएको भन्दै मंगलवार विहान कुमारले नै प्रहरीलाई फोन गरेर जानकरी दिएका थिए । प्रहरीका अनुसार सुनितासँग सचिनले विवाह गर्ने कुरा गरेको कुमारले सुनेपछि कुमार र सचिन बिच बिबाद सुरु भयो । रक्सी पिउँदै गर्दा कुमार र सचिनबीच सुनिताको विषयमा विवाद भयो।

त्यही झोकमा सचिनले आफूसँग भएको सानो हाते चक्कु निकाली कुमारलाई खुट्टामा हाने। त्यसपछि कुमारले चक्कु खोसी घोप्टो पारी उनकै घाटी सेरेको बयान अभियुक्तले दिएको डिएसपी गुरुङले जानकारी दिए । सोही चक्कुले पेट र ढाडमा २/३ पटक प्रहार गरी करिब १२:४५ बजे उनीहरु फरार भएको प्रहरी अनुसन्धानमा देखिन्छ ।

त्यसपछि ट्याक्सी रिजर्व गरी पृथ्वी चोकमा झरी शान्तिवन बाटिका जाने बाटोमा चक्कु ढुंगाले छोपी फेरि पृथ्वीचोक फर्किएका थिए कुमार। ट्याक्सी चालकले शव देखपछि प्रहरीलाई खबर गरेर भोलि पल्ट नै कुमारलाई लेक साइडबाट प्रहरीले समातेको हो। अन्यलाई न्यरोडबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D