अपराध

काली पुलबाट गाँजा सहित दुई यूवा पक्राउ

म्याग्दी, असार ८ । म्याग्दीको सदरमुकाम बेनी काली पुलबाट प्रहरीले गाँजा सहित दुई यूवालाई पक्राउ गरेको छ । बिहिबार दिउँसो जिल्ला प्रहरी कार्यालयबाट सादा पोशाकमा खतिएको प्रहरीले बेनी नगरपालिका–८ कालिपुलबाट कालिपुलका १८ बर्षिय म्याक्सी राम्जाली, क्याम्पसचोक बस्ने २६ बर्षिय गणेश पाईजालाई ३ सय ग्राम गाँजा सहित पक्राउ गरेको हो ।

प्रहरीले शंकास्पद रुपमा हिड्डुल गरिरहेका राम्जाली र पाईजालाई नियन्त्रणमा लिएर खोज तलास गर्दा राम्जालीले पछाडी बोकेको कालो लेदरको ब्यागबाट डाँठ सहित गाँजा फेला परेको प्रहरी नायव उपरिक्षक बीर बहादुर बुढाले बताए । उनका अनुसार गाँजा सहित नियन्त्रणमा लिएका यूवालाई थप अनुसन्धान भइरहेको जनाएको छ । प्रहरीले केही दिन अगाडी मालिका गाउँ पालिकाको रुपमबाट चरेस सहित एक ब्यक्तिलाई नियन्त्रणमा लिएको थियो ।

सदरमुकाम बेनीमा लागुपर्दाथ दुब्र्यसनी विरुद्धको अभियानलाई तिब्रता दिएको प्रहरीले लागु पर्दाथ सेवन गर्ने यूवाहरुलाई भेला गरेर समेत प्रशिक्षण दिएको थियो । प्रहरीका अनुसार सदरमुकाम बेनीमा लागुपर्दाथ दुब्र्यसनी तथा ओसापोसारमा संलग्नलाई नियन्त्रणमा लिन प्रहरीले सादा पोशाकमा समेत प्रहरी परिचालन गरेको छ । जिल्लामा खेतबारी तथा भीर पाखामा उम्रिएका गाँजालाई बिक्री गर्ने गरेका छन् । प्रहरीले ब्यवसायिक गाँजा खेती गर्नेको खोजी कार्य भइरहेको जनाएको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D