समाचार

काफल बेचेरै दैनिक ३ हजार रुपैँया कमाई

अनिल खत्री
गुल्मी, जेठ ०८ । केहि दिनदेखि बजारका बिभिन्न चोक चोकमा मान्छेहरु कोखिलामा झुण्डाइएको डालोमा काफल बेच्नेहरुको देखिन्छन् । काफल जंगलबाट टिपेर बिक्री गर्न बजारमा बेच्नेहरुलाई दैनिक जसो भ्याइन नभ्याई छ । राम्रो आम्दानी बेच्नको निम्ति कुनै समस्या नपर्ने भएपछि अहिले धेरैले काफल बेच्न बजारमा आउने गरेको पाइन्छ ।

यतिबेला तम्घास बजारका बिभिन्न चोक तथा बजारमा काफल बेच्नेहरुको दिनहुँ एउटा जमात देखिन्छ । काफल बेच्नेहरु दैनिक ३ हजार देखि वढि कमाउने गरेको भेटिन्छन् । रेसुङ्गा नगरपालिका वडा नम्बर ६ बाट तम्घासमा काफल बेच्न ल्याएकी माया नेपालीले दिनमा ३ हजार भन्दा वढिको काफल बेचेको बताउनु भयो ।

उहाँले दैनिक ८ पाथी भन्दा वढि काफल ल्याएर बेच्ने गरेकी नेपालीले आफनो घर छेउमा र जंगलबाट काफल टिपेर ल्याउने गरेको बताउनुभयो । बजारमा ल्याएपछि काफल बेच्न धेरै बेर कुर्न नपर्ने नेपालीले बताउनु भयो ।

उहाँमात्रै होइन तम्घास बजारमा धेरै भेटिन्छन् काफल बेच्नेहरु । स–साना स्कुल पढने देखि बृद्धहरु पनि काफल बेच्न सदरमुकाम आएको देख्न सकिन्छ । सामान्य चिया गिलासको ५० रुपौयाँ देखि यसको बिक्री गरेको पाइन्छ ।

यो फल अरु फल जस्तो कुनै दररेट नभएकाले बेच्नेहरुमा पनि भर पर्दछ । काफल बेच्न ल्याउनेहरु यति बेला सामान्य पनि १ हजार देखि ३, ४ हजारसम्म कमाउने भेटिन्छन् ।

कहि किन्न नपर्ने सजिलै जंगलमा पाइने यो फल खानको निम्ति निकै स्वादिलो मानिन्छ । फलफुल मध्येकै मिठो स्वादिलो फल मध्ये काफल पर्दछ । यसको बिशेषगरि व्यवसायिक रुपमा कसैले खेती गरेको पाइदैन् ।

जंगलमा आफै उम्रेका बोट काफल फल्ने गर्दछन् । काफल उच्च पहाडी तथा हिमाली चिसियान भएको ठाउँमा फल्ने फल हो । यो फल फागुनबाट जेठको दोस्रो साता सम्म पाउन सकिन्छ ।

तल्लो केहि मध्य गर्मी हुने स्थानमा हुने गरेतापनि खासगरि यो फल उच्च हिमाली र पहाडी चियान हुने जंगलमा प्रयाप्त मात्रामा पाइन्छ । कतिपयको घर छेउमा एकाद मात्रामा यो पलका बोटहरु भएतापनि खासगरि जंगलमा पाइन्छ ।

जेठ महिनाको गर्मी समयसँगै यतिबेला उच्च पहाडी भेगमा काफलको सिजन मध्य भागमा पुगेको छ । गाउँघरमा यतिबेला जंगलमा काफल टिप्नको निम्ति दिनहुँ जंगल पुग्ने गर्दछन् ।

ति काफल यतिबेला शहरबजार बेच्नेहरुको लर्को चल्छ ।

उच्च पहाडी तथा हिमाली क्षेत्रहरुमा यो फल पाएता पनि गुल्मी जिल्लामा पनि धेरै ठाउँमा पाइन्छ । बिशेषगरि तल्लो गर्मी हुने स्थानमा केहि मात्रामा भएतापनि उच्च भागहरु रेसुङ्गा, अर्जुन, धुर्कोट, मदाने, लगायत उच्च भागमा प्रयाप्त मात्रामा काफल पाइन्छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D