समाचार

‘कमेडी च्याम्पियन २’ का फस्ट रनरअप विक्की अग्रवाललाई मातृशोक

काठमाडौं, कार्तिक २३ । ‘कमेडी च्याम्पियन २’ का फस्ट रनरअप विक्की अग्रवाललाई मातृशोक परेको छ । उनकी आमा दुर्गा मगरको मंगलबार काठमाडौंमा निधन भएको हो।

मंगलबार करिब ३ बजे विक्की मिटिङका लागि भन्दै आमालाई छाडेर कोठाबाट निस्किएको र बेलुकी ७ बजे कोठामा फर्किँदा उनकी आमा अचेत अवस्थामा फेला पारेको बिभिन्न संचारमाध्यमहरुले समाचार प्रकाशित गरेका छन् ।

चावहिलको मेडिकेयर अस्पताल पुर्‍याइएको थियो । अस्पताल पुर्‍याएलगत्तै उनलाई डाक्टरहरुले मृत घोषित गरेको थियो । उनी उच्च रक्तचाप र मधुमेहको बिरामी थिइन् ।

भारतको सिक्किम निवासी विक्की काठमाडौंमै सेटल हुन भनेर आएका थिए । घटनाबारे थाहा पाएपछि बिक्कीका बुबा र दाजु नेपाल आएर आज बेलुका ४ बजे दुर्गाको शवलाई सिक्किम लगेको पनि समाचारहरुमा जनाईएको छ । उनी उच्च रक्तचाप र मधुमेहको बिरामी थिइन् ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D