प्रदेश समाचार

कपिलवस्तुमा विप्लव विरुद्ध प्रहरी अप्रेशन, एक घाईते, दुई हतियार बरामद, शैन्य शिविरको सुराक

प्रेम सुनार

बुटवल, फागुन–२३ । कविलवस्तु प्रहरीले विहिवार विहान देखि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता विरुद्ध प्रहरी अप्रेशसन सुरु गरेको छ । त्यस क्रममा एक एक थान पेस्तो , एसएमजी र त्यसको गोली लगायतका युृद्ध सामग्री प्रहरीले उनिहरुबाट वरामद गरेको छ ।

त्यस क्रममा सो पार्टीले भुमिगत रुपमा आधारभुत शैन्य तालिम शिविर सञ्चालन गरको सुराक समेत प्रहरीले पाएको छ । जिल्लाको शिवराज नगरपालिका–९ वडा एरियामा विप्लव समुहका कार्यकर्ताहरु लुकीछिपी बसेका छन भन्ने सुचना पाउन साथ जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय सुन्दरीडाँडाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले सोही वडाको अञ्चलपुर निवासी ४० बर्षिय दुर्गाबहादुर रोक्काको घरमा खानतलासी गरेको थियो । त्यस क्रममा रोक्का र उनका साथी भागेको र प्रहरीले उनिहरुलाई पक्राउ गर्नका लागि साँप्रा र घुँडा माथी गोली हानी घाईते बनाएर पक्राउ गरेको त्यहाँको प्रहरीले जनाएको छ ।

घाईते रोक्कालाई प्रहरी नियन्त्रण मै उपचारका लागि बुटवल पठाईएको र अर्का एक जना प्रहरी नियन्त्रण मै रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रबक्ता डिएसपी रवि रावलले जानकारी दिए ।

अप्रेशन अहिले पनि जारी रहेको बताउँदै विप्लव नेतृत्वको पार्टीले जंगलमा शैन्य तालिम शिविर राखेको ब्यानर फेला पारेकोले उक्त शिविर पनि पत्ता लागाउनु पनि भयो कि ? भन्ने जिज्ञाषामा रावालले अहिले नै सबै कुरा भन्न नमिल्ने प्रतिकृया दिए ।

विप्लवका कार्यकर्ताबाट ५४ टाईप पेस्तोल थान–१, त्यसको म्यागजिन थान–१ र ३ राउण्ड गोली, एसएमजी २ थान, त्यसको ६८ राउड गोली, म्यागजिन ३ थान , ५.५६ क्यालिभरको राउण्ड मात्र १ सय ३० पिस, थप १ थान म्यागजिन , विभिन्न किशिमका तार र फलामका नटहरु २५ किलो तौलको एक बोरा र माक्र्सवाद लेनिनवाद माओवादी जिन्दावाद , ‘जनमुक्ति सेना नेपाल आधारभुत सैन्य तालिम शिविर २ नम्वर कम्पनी’ लेखिएको ब्यान १० थान वरामद गरेको छ । यसबाट सो पार्टीले शैन्य तालिम दिई रहेको छ भन्ने प्रहरीको बुझाई छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D