gulminews logo
सोमबार, २०७९ जेष्ठ ९

एमालेका श्रेष्ठ रुरुक्षेत्र गाउँपालिकाको अध्यक्षमा सर्वसम्मत, उपाध्यक्षमा गौतम

गुल्मी, बैशाख ११ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले रुरुक्षेत्र गाउँपालिकाले आसन्न स्थानीय तहको निर्वाचनकोमा हिमाल श्रेष्ठलाई अध्यक्षको उम्मेदवार चयन गरेको छ ।

नेकपा एमाले रुरुक्षेत्र गाउँपालिकाको इन्चार्ज तथा जिल्ला कमिटी सदस्य समेत रहेका श्रेष्ठलाई आगामी बैशाख ३० गते सम्पन्न हुन गईरहेको स्थानिय निर्वाचनको लागि रुरुक्षेत्र गाउँपालिकाको अध्यक्ष पदका लागी उम्मेदवार चयन गरेको नेकपा एमाले गुल्मीले जनाएको छ । श्रेष्ठ लामो समय देखी कम्युनिष्ट पर्टीसँग आवद्द रही युवासंघको केन्द्रिय सदस्य, खेलकुद महासंघको केन्द्रिय उपाध्यक्ष लगायतका पदमा रहीसकेका छन् । श्रेष्ठले अधिकारिक रुपमा भोलि सोमबार एमालेको तर्फबाट रुरुक्षेत्र गाउँपालिकाको अध्यक्ष पदमा उमेद्वारी दर्ता गर्ने कार्यक्रम रहेको एमाले स्रोतले जनाएको छ ।

गाउँपालिका अध्यक्षको लागि श्रेष्ठका अलावा चक्रपाणी गौतम, फर्सुराम ज्ञवाली र शेषनारायण पौडेलले समेत आफ्नो दाबी पेश गरेका थिए । गाउँपालिका अध्यक्षमा आफ्नो दाबी पेश गरेका पौडेल वडा न.३ का वडा अध्यक्ष समेत हुन् ।

श्रेष्ठले पाँच दलिय गठबन्धनलाई पराजित गरि पुनः रुरुक्षेत्रमा आफ्नो पार्टीको बर्चस्व कायम राख्ने दाबी गरेका छन् ।

त्यस्तै एमाललेले त्यहाँ उपाध्यक्ष पदकमा मीना गौतमलाई उमेदवार बनाएको छ । एमाले जिल्ला कमिटी सदस्य समेत रहेकी गौतम सहित उपाध्यक्षको लागि ४ जना आकांक्षी रहेको स्रोतले जानकारी दियो ।

यो पनि पढ्नुस्

इतिहासको साँक्षी भार्सेको गोर्खा ग्यालरी, भिक्टोरिया क्रस पाउने रानादेखि भारतमा नेपाली पहिलो कर्णेल बुढाथोकी

टोपलाल अर्यालगुल्मी, ६ जेठ । नेपालका बिरलै गाउँ मध्येको भार्से गाउँ हो । जहाँ समुदाय

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D