समाचार

एउटै डोरीमा आमा छोरा मृत भेटिए, छोराको हत्या गरी आमाद्धारा आत्महत्याको आशंका

प्रेम सुनार
बुटवल । पुर्वी रुकुममा एउटा दुखत घटना घटेको समाचार प्राप्त भएको छ । आईतवार त्यहाँको प्रहरी संग सम्पर्क राख्दा शनिवार त्यहाँको एक जंगलमा आमा छोरा एउटै डोरीमा मृत अबस्थामा फेला परेको जनाईएको छ ।

त्यहाँका जिल्ला प्रहरी प्रमुख डिएसपी लोकनाथ तिम्लिसना संग सम्पर्क राख्दा सिस्ने गाउँपालिका ६ की ३० बर्षिया रेनुका बुढाथोकी शाह र उनका १८ महिनाका छोरा एटियम शाह घर देखि ३ किलो मिटर दुरीमा पर्ने उदिनढुङ्गा भन्ने जंगलमा मृत फेला परेका हुन ।

डिएसपी तिम्लिसनाले भने –‘ छोरा रुखमा झुण्डिएको अबस्थामा थिए , गलामा डोरीको पासो लगाएको निलो डाम सहित आमा भुँईमा मृत अबस्थामा लडेकी थिईन । आमा छोरा एउटै डोरीमा झण्डिएको र आमाको तौल बढि भएर भुँईमा लडेको प्रारिम्भक अनुसानले देखाएको छ । छोराको हत्या पछि आमाले आत्मा हत्या गरेको पनि हुन सक्छ , बाँकी थप अनुसन्धानले देखाउने छ ।’

उनका श्रीमान सुरेश शाह सोही गाउँपालिकाको कर्मचररी रहेको बताईन्छ । उनि पुस २६ गते घरबाट हराएकी थिईन । उनका श्रीमानले हराएको उजुरी दिए पछि प्रहरीले खोजतलास गर्दै रहेको बेला उक्त जंगलमा घाँस दाउँरा गर्न गएका स्थानियले देखेर खबर गरेका थिए । उनका अर्का ८ बर्षिय छोरा रहेका छन ।

यस अघि पनि दुई पटक सम्म उनले आत्मा हत्याको प्रयास गरेको प्रहरीको भनाई छ । श्रीमान श्रीमति विचको सम्वन्ध कस्तो थियो भन्ने बारे अनुसन्धान भई रहेको प्रहरीले बताएको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D