समाचार

ईपीएस परीक्षाफल सार्वजनिक, नतिजा हेर्नुस्

काठमाडौँ, असार १३ । सन् २०२० मा दक्षिण कोरिया जानका लागि भाषा परीक्षा दिएका परीक्षार्थीको परिणाम (रिजल्ट) सार्वजनिक भएको छ । गएको जेठ २५ र २६ गते भाषा परीक्षा दिएका परीक्षार्थीको परिणाम सार्वजनिक भएको हो ।

वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखाका अनुसार कोरियाको मानव संसाधन विभाग (एचआरडी)ले भाषा परीक्षाको परिणाम सार्वजनिक गरेको हो । सो शाखाका सूचना अधिकारी शोभाकर भण्डारीले कोरिया भाषाको परीक्षाफल वेबसाइट मार्फत हेर्न सकिने जानकारी दिनुभयो ।

शाखाका अनुसार दुई दिनसम्म दुई/दुई सिफ्ट गरेर सञ्चालन गरिएको परीक्षाका ९२ हजार ३५६ जना परीक्षार्थीले आवेदन दिएकोमा ८४ हजार १४१ जनाले परीक्षा दिएका थिए । सन् २०२० मा कोरियाको कृषि र सेवा क्षेत्रमा काम गर्न त्यहाँको मानव संसाधन विभागले १०५० जनाको कोटा निर्धारण गरेको छ । यस वर्ष कृषिमा तीन हजार र उत्पादनमूलक क्षेत्रमा सात हजार ५० जना गरी १०५० परीक्षार्थी छनोट भएका छन् ।

नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker