शिक्षा

इस्मा गाउँपालिकाले कक्षा सम्म सबै परिक्षा आफै संचालन गर्ने

टोपलाल अर्याल
गुल्मी, १ असार । इस्मा गाउँपालिकाले कक्षा १ देखि १० सम्मको परिक्षा आफैले संचालन गर्ने निर्णय गरेको छ । प्रावि, निमावि र माविका तहमा कक्षा नौ र १० को आन्तरिक परिक्षाको सवै व्यावस्थापन र संचालन गाउँपालिकाले गर्ने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत सरोज कुमार पोखरेलले बताए ।

अहिले सम्म शैक्षिक उन्यन केन्द्र सिमलटारीले परिक्षा संचालन गर्दै आएको थियो । इस्मा गाउँपालिकामा सात मावि, १२ निमावि र २४ प्रावि गरि ४३ सामुदायिक बिद्यालय छन् । सवै सामुदायिक बिद्यालयको परिक्षा प्रणालीमा एकरुपता ल्याउने अपेक्षाका साथ गाउँपालिकाले यो निर्णय गरेको हो ।

अब बिद्यालयका प्रथम त्रैमासिक, अर्ध बार्षिक र बार्षिक परिक्षा गाउँपालिले संचालन गर्नेछ । यो कदमले प्रश्न पत्र र उत्तरकुञ्जिका निर्माण तथा मुल्यांकलन गर्ने शिक्षकहरुको आन्तरिक क्षमतामा विकास हुने गाउँपालिकाका शिक्षा शाखा संयोजक लाल बहादुर कुवंरले बताए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D