गाउँघरका खबर

इस्मामा नि:शुल्क आर्युवेदिक स्वास्थ्य शिविर, तीन सयले स्वास्थ्य परिक्षण गराए

टोपलाल अर्याल
गुल्मी, २४ असार । गुल्मीको इस्मा गाउँपालिका ५ को रजस्थल स्वास्थ्यचौकीमा निशुल्क आर्युवेदिक स्वास्थ्य शिविर सम्पन्न भएको छ । इस्मा गाउँपालिकाको आयोजना तथा जिल्ला आर्युवेदिक स्वास्थ्य केन्द्रको प्राविधिकमा संचालन भएको शिविर गाउँपालिका अध्यक्ष लक्ष्मण बिष्टले उद्घाटन गरे । शिविरमा महिला दुई सय र पुरुष एक सय गरि तीन सय जनाले स्वास्थ्य उपचार गराएको गाउँपालिकाका स्वास्थ्य सहसंयोजक गोकर्ण थापाले जानकारी दिए ।

स्थानीयले युरिक एसिड, हाडजोर्नी, ग्यासटाइटिस, छाला, महिला तथा प्रजनन रोगको उपचार गरिएको थापाले बताए । शिविरमा डाक्टर मलिननाथ तिवारी, कविराज नरहरी अर्याल, सन्तोष कुवंर तथा बैद्य प्रदिप पैठाले बिरामीहरुको उपचार गरेका थिए । गाउँपालिकाले यसअघि इस्मा गाउँपालिकाको वडा नं ४ दोहलीमा पनि निशुल्क आर्युवेदिक स्वास्थ्य शिविर गरेको गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत सरोज पोखरेलले बताए । त्यस्तै गाउँपालिकाको वडा नं ५ रजस्थल र वडा नं ६ को अम्मरपुरमा महिला रोग सम्बन्धि निशुल्क स्वास्थ्य शिविर गरिएको थियो ।

त्यस्तै वडा नं ३ को दर्लामचौरमा निशुल्क आँखा उपचार शिविर र वडा नं १ को हस्तिचौरमा महिला रोग सम्बन्धि शिविर सम्पन्न भएको थियो । गाउँपालिकाको वडा नं ४ को कोटकोटेरी र वडा नं २ को पनाहमा सामुदायिक स्वास्थ्य केन्द्रको स्थापना गरिएको छ । शिविरमा गाउँपालिका उपाध्यक्ष बिमला केसी, प्रमुख प्रसासकीय अधिकृत सरोज पोखरेलले, वडाध्यक्षहरु, स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधी लगायतको उपस्थिती रहेको थियो । औपचारिक कार्यक्रमको संचालन इस्मा गाउँपालिकाको कार्यालयका नारायण महतले गरेका थिए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D