निर्वाचन अप्डेट

आफ्नै संगठन जोगाउन नसक्ने कांग्रेसले देश जोगाउँला ?: प्रदिप ज्ञवाली

प्रेम सुनार
कार्तिक २३ । नेकपा एमालेका सचिव तथा गुल्मी क्षेत्र नम्वर १ का वामगठबन्धनका उमेदवार प्रदिपकुमार ज्ञवालीले आफ्नै संगठन समेत जोगाउन नसकेको नेपाली कांग्रेसले अब देश जोगाउन सक्ला भनेर प्रश्न गरेका छन् ।

चन्द्रकोट गाउँपालिकाको हरेवामा अगुवा कार्यकर्ताहरुलाई सम्वोधन गर्दै नेता ज्ञवालीले कांग्रेस प्रति यस्तो प्रश्न चिन्ह खडा गरेका हुन् । उनले भने–‘२०१५ साल देखि देशैभर वहुमतमा रहेको कांग्रेसले २०४६ पछि राजासंग मिलेर सत्ताको वागडोर सम्हाले पनि जनताको समस्या हल गर्न नसके पछि कांग्रेसलाई जनताले आशा भरोसा गर्न छाडेर नेपाली कांग्रेस अहिले दयानिय अवस्थामा पुगेको हो ।’

‘सर्वहारा वर्गको प्रतिनिधीत्व गर्ने कम्युनिष्टहरुलाई रोक्ने र उसको आन्दोलनलाई भ्रमित पार्न ६० वर्ष पुगे पछि कम्युनिष्टले गोली ठोकेर मार्छन भन्ने यहि कांग्रेस होईन ?’ उनले यस्तो प्रति प्रश्न गर्दै भने–‘कम्युनिष्टहरुले मार्ने होईन बृद्ध बृद्धाहरुको सम्मान गर्दै आएका छन् ।’ झुटो प्रचारवाजी गरेर जनतालाई भ्रमित नपार्न चेतावानी दिदै नेता ज्ञवालीले बरु विग्रिदै र दयानिय बन्दै गएको भन्दै आफ्नो संगठन बनाउन सुझाव दिए ।

वामगठबन्धनको दुई तिहाई वहुमत सहितको सरकार बने पछि बृद्ध भत्तालाई ५ हजार पुराउने, एकल महिला अपांग र सुत्केरी भत्ता समेत ५ हजार उपलव्ध गराउने र किसानलाई पनि पेन्सन दिने सोही क्षेत्र प्रदेश १ का उमेदवार सुदर्शन बरालले बताए ।
उनले २०६४ सालको निर्वाचन पछि बनेको माओवादी सरकारले कृषि विकास बैंकको ऋण तिर्न नसकेर घर खेत हुने अवस्थामा रहेका किसानहरुलाई ऋण मुक्त गराई दिएको माओवादीको गुण नविर्सन समेत आग्रह गरे ।
उनले थपे–‘हिजो हामीले गाउँ गाउँमा अवैधानिक जनसरकारको अभ्यास गरेका थियौं जुन अहिल बैधानिकता पायो र स्थानिय तह निमार्ण भयो, यो पनि नर्विसन उनले आग्रह गरे । हरेवाको कार्यक्रम सकाए लगत्तै नेताहरु शान्तिपुरमा चन्द्रकोट संयुक्त चुनावी प्रचार प्रसार कमिटीको भेलामा जुटेका छन् । उमेदवार संगै माओवादी केन्द्रका केन्द्रिय सदस्य युवराज केसी लगायतका नेताहरु रहेको सहकर्मी हुमकान्त पोखरेलले जानकारी दिए ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D