अपराध

आफ्नै बिद्यार्थीलाई यौन दुर्ब्यवहार गर्ने शिक्षकलाई यसरी जुत्ताको माला भिराएर गाउँ डुलाईयो

प्रेम सुनार
बुटवल ८ । ससाना वालिका विद्यार्थीहरुसंग यौनिक कृयाक्ला गर्ने पर्वतका एक शिक्षकलाई त्यहाँका आक्रोषित महिलाहरुले जनकार्वाहीका रुपमा कालोमोसो दल्दै र जुत्ताको माला भिराउँदै गाउँ डुलाएका छन ।

फलेवास नगरपालिका वडा नम्वर–६मा रहेको माझीगाउँ प्राथामिक विद्यालयका प्रधानध्यापक समेत रहेका शिक्षक खिलप्रसाद पौड्याललाई फलेवासका महिलाहरुले यस्तो कार्वाही गरेका हुन् । उक्त जनकार्वाही पछि फलेवास प्रहरीलाई बुझाईको पौड्याल विरुद्ध त्यस विद्यालयका ७ देखि १२ वर्ष उमेरका तिन वटी वालिकालाई अप्राकृतिक मैथुन विरुद्धको मुद्धा दायर गरिएको पर्वत जिल्ला प्रहरी प्रमुख डिएसपी दिलिप घिमिरेले जानकारी दिएका छन ।

नावालिकाहरुलाई यस्तो सम्म गरेछन

गत दुई वर्ष देखि त्यस विद्यालयमा प्रधाध्यापक भएर आएका पौड्याल डोल्पा, म्याग्दीको झिं, फलेवासकै पाङ्ग्र र कुर्घाको विद्यालय हुँदै आएका रहेछन । पिडित वालिकाहरुसंगको कुराकानी बुझ्दा उनिबाट यौन हिंसामा परेका वालिकाहरु चार वटी रहेछन ।

एउटी व्राह वर्षिया वालिका त्यस विद्यालयबाट कक्षा ५ पास भई अर्को विद्यालयमा कक्षा ६ भर्ना जाने १२ वर्षिया वालिकालाई तिम्रो घरमै आएर ट्युशन पढाउँछु भने छन । उनले सर हामी गरिव छौं सक्दैनौ भनिछन । उनका वावु आमाले पनि सक्दैनौ भने छन ।

ति शिक्षकले पैसा पर्दैन म सित्तैमा पढाई दिन्छु भनेर पाँच दिन सम्म ट्युशन पढाउन भन्दै उनको घरमा पुगेछन । ट्युशन पढाउने त्यो पाँच दिन भित्र उनले आफ्नो अभिष्ट पुरा गर्नेतिर लागे छन । पछि बन्दै गरेको भवनको पछाडी शौचायमा लगेर यौनिक कृयाक्लाव गरेबाट क्रमशः अरु थप तिन जना वालिकाहरु उनको शिकार बन्दै आए ।

एउटी १० वर्षिया वालिकालाई बैशाखमा तिन पटक, जेठमा ३ पटक र असार ८ गते एक पटक गरी सात पटक सम्म आफुलाई यौनाङ्गमा ति सरले लाजमर्दो कार्य गरेको उनले बताईन । उनकी आमाले भनिन–‘ छोरी टाउँको दुख्ने रिङ्गाटा लाग्ने विरामी पर्न थाली हामीलाई शंका लागेर सोध्दा ति सरले त्यस्तो घिन लाग्दो कार्य गरेको खुलेको थाह पाएका हौं । ’

ति १० वर्षिया वालिकालाई पहिलो पटक यसो गरे, ‘वालिकाकै शव्दमा हामी सवै जनालाई चौरमा पढ्न हिँड भनेर लैजानु भयो । हामी सवै गयौ । मैले कलम कक्षा कोठामै विर्सेछु । म फर्केर आएँ । त्यही वेलामा मेरो…… औला राख्नु भयो । .. अंगमा समात्नु भयो । म चिच्चाएँ । मेरो मुख थुनि दिनु भयो । कराईस र कसैलाई भनिस भने मारेर वोरामा हालेर कसैले नदेख्ने ठाउँमा लगेर फाली दिन्छु भन्नु भयो । पछिल्ला ६ चोटी सम्म पनि त्यही भनेर डराउन दिएकोले नभनि बसेकी हुँ ।’

ति वालिकाहरुका अनुसार उनिहरुका हातहरु समेतर उनको गुप्ताङ्ग सुम्सुमाउन लगाईन्थ्यो । अप्राकृति मैथुन गर्न लगाईन्थ्यो । उनि भन्दा कान्छि सात वर्षिया वालिकालाई समेत छाडेनन उनले ।

धमाधम चारै जना वालिकाहरु टाउँको दुख्ने विमार लाग्न थाले पछि कुरा खोल्न बाध्य भए । ति शिक्षकको घरमा दुई छोरा, सहकारीमा काम गर्ने भर्खरकै श्रीमति रहेको स्थानियले बताए ।

‘विद्यालय कै शिक्षकबाट यति सम्म यौनिक अपराध ? कसरी सुरक्षित राख्ने छोरीहरु ? यस्तो प्रश्न गर्दै ति वालिकाकी आमा भन्छिन–‘ त्यस्ता अपराधीलाई त फाँसी नै दिनु पर्ने हो तर नेपालमा त्यस्तो कानुन छैन । कानुले दिए सम्मको कडा कार्वाहीको हामी माग गर्दछौं ।’

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D