gulminews logo
बुधबार, २०७९ जेष्ठ ११

आफ्नै पार्टीको वडाध्यक्ष उम्मेदवार बिरुद्द उम्मेदवारी दिएका पाण्डेले फिर्ता गरे उम्मेदवारी

गुल्मीन्युज
गुल्मी, बैशाख १७ । आफ्नो पार्टी नेपाली कांग्रेसले वडाध्यक्षको टिकट नदिएपछी स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस क्षेत्रीय सचिबले उम्मेदवारी फिर्ता गरेका छन् । नेपाली कांग्रेस गुल्मी क्षेत्रनम्बर–२ का सचिव कृष्ण पाण्डेले रेसुङ्गा नगरपालिका वडानम्बर–४ अर्खले वडाअध्यक्षमा दिएको स्वतन्त्र उम्मेदवारी फिर्ता लिएका हुन् ।

पाण्डेले आफुले लामो समय नेपाली कांग्रेसको क्रियाशिल सदस्य रहि काम गरेपनी पार्टीले कामको मुल्याङ्कन नगरेको बताउँदै वडाअध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

०४६ सालदेखी नेपाली कांग्रेसको राजनिति सुरु गरेका पाण्डे तरण दल रेसुङ्गा नगरको सभापति बनेका थिए ।

उता मदाने गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट अध्यक्ष पदका उम्मदेवार विरुद्ध उम्मेदवारी दिएका काशीबहादुर बोहोरा, धुर्कोट गाउँपालिकामा वडासदस्य पदमा उम्मेदवारी दिएका एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य कृष्ण घिमिरे र सत्यवती गाउँपालिकामा राष्ट्रिय जनमोर्चाका ओम बहादुर कुंवरले पनि उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

रुरुक्षेत्र गाउँपालिका १ का वडाध्यक्ष पदका उम्मेदवार रामलाल विकले र रेसुङ्गा नगरपालिका वडा नं ५ मा वडा अध्यक्षका रुपमा उम्मेदवारी दिएकी नेपाली कांग्रेसकी देवी कुंवरले भने उम्मेदवारी फिर्ता लिएकी छैनन् ।

उनिहरुले आफूहरुलाई पार्टीले वडाध्यक्ष पदको उम्मेदवार नबनाएपछि स्वतन्त्र रुपमा उम्मेदवारी दिएका थिए ।

यो पनि पढ्नुस्

धुर्कोटको निर्णय: विद्युतीय चुलो र घरको बीमामा छुटदेखि नि:शुल्क आवासीय शिक्षासम्म

हुमाकान्त पोखरेलगुल्मी, १० जेठ । गुल्मीको धुर्कोट गाउँपालिकाले घरको बीमा र विद्युतिय चुलो खरिदमा छुटदेखि

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D