अपराध

आफ्नै जेठाजुद्वारा श्रीमती बनाउँछु भन्दै आक्रमण: रबी लामिछानेको फोन उठेन, प्रहरी भन्छ केही गर्न मिल्दैन

प्रेम सुनार
बुटवल, असार ३० । सर मलाई बचाउनुस, मैले गुहार पाईन । प्रहरीले तिम्रो जेठाजुको दिमाग विग्रेको छ केहि गर्न मिल्दैन भनेर भन्छ । यदि उनको दिमाग विग्रेको भए मलाई मात्र किन पछ्याएर आक्रमण गर्छन ? यसो भन्दै र रुदै अहिले विहान पनि ति महिलाले फोन गरिन् ।

उनि हुन अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्वर ४ खनदहकी उमा खनाल । गत पुष महिनामा पनि उनका जेठाजु चन्द्रबहादुर खनालले भाई वुहारीलाई श्रीमती बनाउँछु भन्दै ढुङ्गा–मुढा गरेर असुरक्षित पारे पछि यसै समाचारदाताले अर्घाखाँचीको प्रहरीलाई आग्रह गरेर समातिएको थियो ।

त्यस पछि गायव भएका उनैले फेरी अहिले घरमा आएर आतंक मच्चाईरहेका छन् । उनि मानसिक रोगी भएको अर्घाखाँची प्रहरीको भनाई छ । यदि उनि मानसिक रोगी हुन् भने सवैलाई आक्रमण गर्नुपर्दथ्यो, १ जनालाई मात्र ताकी ताकी आक्रमण किन गर्छन् उनी भन्ने पीडितको गुनासो रहेको छ ।

किन तिनै भाई बुहारी मात्रै आँखाको तारो बनेकी छन् ? ति भाई वुहारीका अनुसार हालै निज जेठाजुले उनका श्रीमान अर्थात भाई नन्दबहादुर खनाललाई निर्घात कुटपिट गरेर अस्पताल भर्ना हुने गराएका छन् ।

‘श्रीमान पनि घर हुनुहुन्न’ उनले भनिन्, ‘हँसिया कोदालो लिएर आक्रमण गर्न आउँछ, तँलाई मैले स्वास्नी बनाउँछु भन्छ म के गरुँ ? रवि लामीछानेलाई फोन गर्दा उठेन र हजुरलाई फोन गरेकी हुँ, मलाई गुहार दिनुस् ।’

उनले आफ्न घरका तिन वटै कोठा फोरेर भएको सवै कुरा जेठाजुले लुटेर लगेको पनि गुल्मीन्युजलाई बताईन् । ‘घरमा अन्नको गेडा छैन सर, म दुई तिन दिन देखि भोकी छु, उनले भक्कानिदै भनिन् के खाएर बाँचु ?’

उनि २०६२ सालमा ५७ वर्षिय नन्दबहादुरसंग दोश्रो विवाह गरी आएकी ३९ वर्षिया महिला हुन् । अघिल्लो घरवार तर्फ तिन सन्तान र नन्दबहादुर तर्फ ३ सन्तान भएको उनि बताउँछिन् । ति जेठाजुकी पनि घरमा श्रीमती छन् ।

चन्द्रबहादुरकी श्रीमती आफै पनि असुरक्षित भएर कहिले काँही घर छाड्ने गरेको स्थानिय बताउँछन् । गाउँका महिला समुह पनि उनै चन्द्रबहादुरबाट आजित बताउँछन् । पागल भएको नाटक गरेर भाई बुहारीलाई आक्रमण गरेको स्थानियको आरोप छ ।

यस सम्वन्धमा अर्घाखाँचीका प्रहरी प्रमुख डिएसप नवराज मल्लसंग सम्पर्क राख्दा निज मानसिक रोगी भएकोले पहिला अस्पतालमा राखिएको बताए । अहिले फेरी उसले आतंक मच्चाएको जानकारी आएपछि हिजो देखि खनदह ईलाका प्रहरी चौकीलाई त्यहाँ खटाएको उनले जानकारी दिए ।

ति महिलाका भाई ठाकुर रायमाझी भन्छन्, ‘हो, हिजो देखि त्यहाँको प्रहरी आएर मेरै घरमा बसेका हुन् । चन्द्रबहादुर अहिले घरमै ढोका लगाएर लुकेको छ । तर प्रहरीले घर भित्र रहेको मान्छेलाई हामीले ढोका फोरेर निकाल्न मिल्दैन भन्छ । ’

उनको यो भनाई डिएसपी मल्लसंग राखे पछि स्थानियलाई जम्मा गरेर निजलाई समात्न लगाउने जानकारी दिए । चन्द्र बहादुर २-३ दिन पहिले दिनभर श्रीमतीसंग घाँसपात गरेर बसेका थिए । हिजो देखि श्रीमती पनि घरमा छैनन् ।

निजका छोरा बुहारी भारततिर रहेको बताईएको छ । गत पुष महिनामा पनि जेठाजुद्धारा भाई बुहारी अशुरक्षित भएको समाचार बाहिर आए पछि निज जेठाजुको आतंक बन्द भएको थियो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D