टोपलाल अर्याल
गुल्मी, असोज ४ । आफ्नै १० बर्षिया छोरीलाई अप्राकृतिक मुख मैथुन गराउने गुल्मीको इश्मा गाउँपालिका ५ का ३७ बर्षिय एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । उनले शुक्रबार राती आफ्नै घरको कोठामा छोरीलाई अप्राकृतिक मुख मैथुन गराएको जिल्ला प्रहरी कार्यालय गुल्मीका एसपी दिपक कुमार बस्नेतले बताए ।
आफन्तको उजुरीको आधारमा अरोपितलाई पक्राउ गरिएको र आजनै जिल्ला अदालतबाट म्याद थप गर्ने तयारी भएको एसपी बस्नेतले बताए ।
केहि दिन अघि इश्मा गाउँपालिका ३ दर्लामचौरका ३६ बर्षिय देव बहादुर सार्कीले मानसिक सन्तुलन गुमाएकी २० बर्षिया युवतीलाई बलात्कार गरेका थिए ।
यो बर्ष मात्री इश्मा गाउँपालिकामा ४ वटा बलात्कारका घटना घटेका छन् ।