निर्वाचन अप्डेट

आन्दोलनका किस्सा सुनाउँदै, भोट माग्दै

गुल्मी, कात्तिक २४ । गुल्मी क्षेत्र नम्बर २ को प्रदेशसभा (क) मा वाम गठबन्धनबाट खड्ग केसी अहिले मतदातासँग भोट माग्दै आफूले कम्युनिष्ट आन्दोलन गर्दा खेप्नु परेको समस्याका बारेमा पनि सुनाउने गर्नुभएको छ ।

‘देशमा रहेको पञ्च्यायती व्यवस्थाको विरोध गर्दा जागिर खोसियो’ उहाँले भन्नुभयो ‘नागरिकको अधिकारका लागि पटक पटक जेल समेत गएको छु ।’ पटक पटकको राजनीतिक आन्दोलनमा उहाँलाई तत्कालीन सरकारले नियन्त्रणमा लिई सार्वजनिक मुद्दा समेत चलाएको थियो ।

२०३१ सालमा शिक्षक सेवामा प्रवेश गरेको केसी २०३६ सालमा पञ्चायती विरोधी आन्दोलनमा लाग्दा उहाँको जागिर खोसिएको थियो । ‘परिवर्तनको पक्षमा लाग्दा त्यति बेला धेरैको जागिर गएको थियो’ उहाँले भन्नुभयो ।

२०४५ को आन्दोलनमा सहभागी भएको भन्दै उहाँलाई प्रहरीले पक्राउ गरेको थियो । ‘त्यसबेला स्थानीय बासिन्दाले चौकी घेराबन्दी गरेर बचाए’ उहाँले भन्नुभयो । उहाँका अनुसार आफूहरुको लामो संघर्ष पछि नै अहिले नागरिकको अधिकार स्थापित भएको । ‘त्यो समय राम्रोलाई राम्रो भन्न पनि डराउनु पर्ने अवस्थामा थियौं हामी’ उहाँले भन्नुभयो ।
२०३६ सालमा गुमेको उहाँको स्थायी शिक्षको जागिर २०४९ सालमा पुनर्वाहाली भयो तर उहाँ पढाउन जानु भएन । ‘देश र जनताको परिवर्तन जागिर भन्दा ठूलो ठानिएन त्यसैले जागिर छोडेर राजनीतिमा लागें’ उहाँले भन्नुभयो । त्यसैले अब पनि नागरिकको सेवा गर्ने इच्छा भएकोले आफूलाई जिताउनु होला भन्दै उहाँ नागरिकको घरदैलोमा पुग्ने गर्नुभएको छ ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D