शिक्षा

अस्लेवाको शैक्षिक गुणस्तरका निम्ती साझा प्रतिवद्धता निर्माण

टोपलाल अर्याल
गुल्मी, ६ बैशाख । सत्यवति गाउँपालिका १ अस्लेवाले बिद्यालयको शैक्षिक अवस्थामा सुधार ल्याउन साँझा प्रतिवद्धता निर्माण गरेको छ । सत्यवति गाउँपालिका १ अस्लेवाका राजनैतिक दल, सवै बिद्यालयका विद्यालय व्यावस्थापन समिति, शिक्षक अभिभावक संघ, बिद्यालयका प्रध्यानाध्यापक, शिक्षक एवं सरोकारवालाबिच साझा प्रतिवद्धता तयार गरिएको छ । अस्लेवा वडा कार्यालयले शिक्षा क्षेत्रमा देखिएका समस्या र चुनौति समाधानका बिषयमा सार्वजनिक सुनुवाई तथा अन्तरक्रियाको आयोजना गरेको थियो ।

कार्यक्रममा प्रध्यानाध्यापक र शिक्षकहरुको तर्फबाट बार्षिक शैक्षिक योजना निर्माण गर्ने र कार्यान्वयन गर्ने, बिषयगत योजना बिषय शिक्षकद्धारा निर्माण गरि कार्यान्वयन गर्ने, शैक्षिक सामग्रीको निर्माण गरि अधिकतम प्रयोग गर्ने निर्णय गरिएको जनता माविका शिक्षक बिष्णु पाण्डेयले बताए । साथै शिक्षक अभिभावक र बिद्यार्थीबिचमा हरेक परिक्षाहरुको नतिजा विश्लेषण गर्ने, नियमित गृहकार्य परिक्षण गर्ने, शिक्षक बिद्यार्थीहरुले आचारसंहिताको पूर्ण पालना गर्ने गराउने लगायतका प्रतिवद्धता निर्माण गरिएको शिक्षक पाण्डेयले बताए ।

बिद्यालय व्यावस्थापन समिति र शिक्षक अभिभावक संघको तर्फबाट बिद्यार्थीहरुलाई चाहिने शैक्षिक सामग्रीहरु अभिभावकहरुले अनिवार्य उपलब्ध गराउने, आफ्ना बालबालिकालाई गृह कार्य गर्न प्रेरित गर्ने र अन्य अतिरिक्त क्रियाकलामा सहभागी गराउने, बिद्यार्थीको बिद्यालय उपस्थित हुने दर, गृहकार्य, पढाई र अनुशासनको बिषयमा नियमित बिद्यालयमा उपस्थित भएर जानकारी लिने र दिने, बिद्यालय व्यावस्थापन समिति र शिक्षक अभिभावक संघले आलोपालो पद्धतिमा बिद्यालयको नियमित अनुगमन तथा निरिक्षण गर्ने र आएका समस्याको बिषयमा छलफल गर्ने र सच्याउने प्रतिवद्धता गरिएको राम माविका बिद्यालय व्यावस्थापन समिति अध्यक्ष मिन प्रसाद पाण्डेय जानकारी दिए ।

राम्रो गर्ने शिक्षकलाई प्रोत्साहन, रिक्त दरबन्दीको परिपुर्तिका लागि स्थानीय तहमा समन्वय र बिद्यालयको शैक्षिक र भौतिक तथा अन्य सेवा सुविधाको बिषयमा अभिभावकसंगले व्यावस्थापन समितिलाई सुझाव पेश गर्ने र व्यावस्थापन समितिले समाधानको पहल गर्ने गरि साझा प्रतिवद्धता निर्माण गरिएको पाण्डेयले जानकारी दिए । प्रतिवद्धता निर्माण गर्नुभन्दा अघि प्रत्येक बिद्यालयको अहिलेको अवस्थाका बारेमा प्रध्यानाध्यापकहरुले प्रतिवेदन प्रस्तुत गरेका थिए । सोहि प्रतिवेदन रछलफल तथा अन्तरक्रियाकापछि प्रतिवद्धता निर्माण गरिएको हो ।

छलफलमा बिद्यालयमा बिद्यार्थीहरुको उपस्थिती अत्यन्तै न्यून रहेको, उतिर्ण प्रतिशत निराशाजनक रहेको, अभिभावक र बिद्यालय व्यावस्थापन समितिबाट बिद्यालयमा कम चासो दिनु, ग्रेडिङ्ग पद्धतिले बिद्यार्थीहरुले मेहेनत गर्न छाडनु लगायतका बिषयमा छलफल भएका थिए । सोहि अवसरमा सत्यवति गाउँमालिकाका सामाजिक विकास समिति संयोजक तथा वडा नं १ का वडाध्यक्ष भिमलाल पाण्डेलेले व्यतिmको चिन्तन नकरात्मक हुँदै गएकाले शिक्षा क्षेत्रमा समस्या देखिएको बताए । राज्यका केहि नीतिगत समस्या रहेपनि इच्छा शक्ति भए शिक्षक, अभिभाव र बिद्यालय व्यावस्थापन समितिले शैक्षिक अवस्थामा सुधार ल्याउन धेरै काम गर्न सकिने बताए । तर जिम्मेवार व्यक्तिमानै काम चलाउ सोच हावी भएका कारण शिक्षा क्षेत्रमा आशा गरे अनुसारको सफलता प्राप्त नभएको पाण्डेयले बताए ।

उनले दैनिक बसाईसराइँ र बिद्यालयहरुमा गुणस्तरिय शिक्षाको अभावमा बिद्यार्थीहरुको संख्या न्यून भएकाले समुदायकाकै अग्रसरतामा यसको व्यावस्थापन गर्नुपर्नेमा जोड दिए । अहिले गरिएका साझा प्रतिवद्धताको सहि कार्यान्वयन भएमा मात्रै शिक्षा क्षेत्रमा धेरै सुधार गर्न सकिने भएकाले आआफ्नो क्षेत्रबाट शैक्षिक सुधारको अभियानमा लाग्न उनले आग्रह गरे । कार्यक्रममा वडा नं १ का वडा सचिव झविन्द्र पाण्डेले कार्यक्रमको उदेश्य माथी प्रकाश पारेका थिए । भने कार्यक्रमको सहजीकरण पत्रकार टोपलाल अर्याल र शिव सुवेदीले गरेका थिए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D