छिमेकका समाचार

अपाङ्गतालाई जितेका बुर्तिबाङका युवराज

सागर भण्डारी
बाग्लुङ, फाल्गुण २३ । एकै परिवारका ३ जना अपाङ्गता । घरको अभिभावक जसले परिवारको जिम्मेवारी बहन गर्दछ उनै अपाङ्ताले थलिएपछि परिवारको अवस्था कस्तो होला एकपटक कल्पना गर्नुस् त ।
बाग्लुङ्को ढोरपाटन नगरपालिका वडा नं १ बुर्तिबाङका युवराज कडेंल अहिले ४० वर्ष पुग्नुभयो । उहाँ शारिरिक रुपमा अशक्त हुनुहुन्छ । ४ हातखुट्टाले टेकेर हिँड्ने कडेंलको शरिर, हातखुट्टा र शरिरका प्राय: अगंले राम्रोसगं काम गर्दैनन् । १८ वर्षदेखि उहाँको जिन्दगी ओच्छ्यानमै बित्दै आएको छ ।

कडेंल १ वर्षको हुँदा दुबै खुट्टा भाँचिए परिवारको कमजोर आर्थिक अवस्थाका कारण त्यतिबेला उपचार गराउन पाउनुभएन् । निकै कमजोर शारिरिक अवस्थाका कारण पटक पटक गरी उहाँको ६ पटकसम्म पटकपटक गरी पुन: खुट्टा भाँचियो, तर पनि गरिबीका कारण कडेंलले उपचार पाउन सक्नुभएन् ।

पछि त्यही समस्या निकै जटिल बन्दै गयो र अन्तत उहाँ शारिरिक रुपमा अशक्त बन्नुभयो । अहिले कडेंल निकै दयनीय जिन्दगी जिईरहनुभएको छ । “त्यतिबेला उपचार पाएको भए त खै अहिले यो अवस्था आउने थिएन् होला, अहिले न आफन्त न छरछिमेक कसैले साथ दिँदैनन् बरु अपाङ्गता छ भनेर होँच्याउने र हेप्ने गर्छन” उहाँले दुखेसो गर्नुभयो ।

कडेंलले २०५० सालमा रिनामबेसीकी पुष्पा कडेंलसगं मागी बिहे गर्नुभयो । पुष्पा पनि अपाङ्गता हुनुहुन्छ । उहाँको एउटा हात नै छैन् । सानोमा हात भाँचिएर उपचार गराएपनि विभिन्न कारणले पछि उहाँको हात नै काट्नुपर्ने स्थिति आयो ।

“परिवार नै अपाङ्गता भएपछि सबैले हेप्ने रैछन् कमाउने मान्छे नै हामी थला परेका छौँ, कहिलेकाहीँ त भोकै पनि सुत्नुपर्छ ” उहाँले भक्कानिँदै भन्नुभयो । सहयोग गर्ने कुरा त परैको कुरा बोल्दा समेत नराम्रो शव्द प्रयोग गर्ने गरेको उहाँले बताउनुभयो । अहिलेसम्म कही कतैबाट कसैले पनि सहयोग नगरेको उहाँको भनाई छ ।
युवराज र पुष्पाका ३ सन्तान छन् । ३ सन्तान मध्येका कान्छा छोरा पनि शारिरिक रुपमा अशक्त छन् । उनी पनि राम्रो सगं हिँड्न सक्दैनन् । उनलाई बुबाकै समस्या देखिएको छ । भर्खर ७ वर्ष पुरा भएका उनको पनि ३ पटक खुट्टा भाँचियो ।

अहिले उनी सेफ्टीको सहाराबिना हिँड्न सक्दैनन् । २ कक्षामा पढ्दै गरेका भरत कडेंललाई विद्यालय पुर्याउने र ल्याउने आमाले नै गर्नुपर्छ । अप्रेशन गरे ठिक हुने भएपनि उपचार गर्ने पैशा नभएपछि अस्पताल लान नसकेको युवराजले बताउनुभयो ।

“ अप्रेशन गर्न जम्मा १ लाख रुपैयाँ लाग्छ, त्यही पैशा पनि नभएपछि छोराको अवस्था पनि आफ्नो जस्तै हुन्छकी भन्ने पिरलोले राति निद्रा समेत लाग्दैन् ” उहाँले दुखेसो गर्नुभयो । कसैले सहयोग गरिदिए त मेरो छोराले पुर्नःजीवन पाउने थियो खै कसले सहयोग गर्छ र गरिबको घाउमा मलम लगाउने होईन झनै नुनचुक छर्ने धेरै हुने रहेछन् युवराजले रुदै भन्नुभयो ।

३ सन्तान मध्येका २ सन्तान भने सपागंनै छन् । कक्षा ११ मा पढदै गर्नुभएकी छोरी रमा कडेंलले गरिबीका कारण पढाईनै छाड्नुपर्ने स्थिति आएको बताउनुभयो । विद्यालयमा तेरो बुबाआमा यस्तो भनेर साथी भाईले हेप्ने गरेको पीडा त छनै कतिपल्ट पढाई खर्च नपुगेर विद्यालयनै नगएको रमाले बताउनुभयो । पढाईमा निकै अब्बल उहाँको डाक्टर बन्ने ईच्छा थियो । “खै कस्तो समयमा जन्म लिए छु बुबा आमाले पढाउन सक्ने स्थिति छैन् जागिर गर्दै पढ्छु भन्दा पनि जागिर पाईँदैन् ।” अब त पढाई नै रोक्नुपर्छ होला रमाले रुँदै भन्नुभयो । धेरै पढेर बुबाआमालाई सुख दिने चाहाना राख्नुभएकी उहाँ डाक्टर पढ्न पाए आफ्ना बुबाआमा जस्तै शारिरीक रुपमा अशक्त गरिबीमा रहेका व्यक्तिहरुलाई सहयोग गरेर बस्ने बताउनुभयो । युवराजका माईला छोरा भने कक्षा ८ मा पढ्दैछन् । युवराजको बुर्तिबाङमा काठले बारेको सानो झुप्रो छ त्यही झुप्रोमा ४ जनाको परिवार बस्दै आईरहेका छन् । अरु सम्पत्ति केही छैन् ।

पौरखी युवराज

युवराजको पौरखी भने उदाहरणीय नै छ । अहिले उहाँले सानो जग्गा भाडामा लिएर तरकारी खेती गर्दै आउनुभएको छ । घस्रेरै भएपनि बारीसम्म पुगेर उहाँले खेतीकिसानी गर्नुहुन्छ । अहिले पनि उहाँको टनेलमा टमाटर, बन्दागोबी लगायतका तरकारी फलेका छन् ।

त्यो सगैं उहाँले घर अगाडी ठेलामाथी बसेर चटपटे पनि बेच्नुहुन्छ । सानो जग्गामा थोरै भएपनि गरेको तरकारी खेती र चटपटे बेचेर आउने पैसाले जेनतेन छोराछोरी पाल्दै आएको उहाँले बताउनुभयो । मेरो जिन्दगी त दुख मै बित्यो कसैले छोराछोरीलाई पढाईदिए यीनको भविष्य बन्थ्यो उहाँले भन्नुभयो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D