gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

रुद्राक्ष खोज्दै गाउँ छिरे चिनियाँ व्यापारी

यतिबेला भोजपुरको षडानन्द नगरपालिका र सदरमुकाम आसपासमा रहेका बजार तथा गाउँमा चीनबाट आएका रुद्राक्ष व्यापारी धेरै देख्न पाइन्छ । रुद्राक्ष नेपालको मध्यपहाडी क्षेत्रमा नगदेबालीका रुपमा किसानले उत्पादन गर्दैआएको एक वनस्पति फल भएकाले गाउँघरमा विशेषत रुद्राक्षलाई दाना भनेर पनि चिन्ने गरिन्छ ।

विगत वर्षमा भारतीय बजारमा निर्यात हँुदै आए पनि केही वर्षयतादेखि चीनमा समेत रुद्राक्षको व्यापार राम्रो हुन थालेपछि रुद्राक्ष उत्पादक किसान र कारोबार गर्ने व्यापारीले राम्रो बजार भाउ पाउन थालेका छन् । तर गतवर्षको तुलनामा यसपाली भने रुद्राक्षको कारोबारमा केही गिरावट आएको बताइएको छ ।
rudraksha
तैपनि चिनियाँ रुद्राक्ष व्यापारी गाउँ घरसम्म पुगेर किसानसँगै रुद्राक्ष कारोबार गर्न थालेपछि उनीहरुले खुसी व्यक्त गर्ने गरेको रुद्राक्ष व्यापार गर्दैआएका व्यापारी हरि भित्रिकोटीले बताए । यद्दपि रुद्राक्ष कारोबार व्यवस्थित नभएको गुनासोले इलाका प्रशासन र नगरपालिकाले व्यवस्थित गर्ने र बिना अनुमति कारोबार गर्नेको सामान जफत गर्ने निर्णय गरेको छ ।

विशेषतः रुद्राक्ष धार्मिक र वैज्ञानिक रुपमा पनि निकै महत्वपूर्ण मानिन्छ । दिलाबजारका तोयानाथ गौतम भने, ‘रुद्राक्ष धार्मिक रुपमानै प्रयोग गरिन्छ एक मुखेदेखि २१ मुखेसम्म श्रीमत् भावगत महापुराणमा वर्णन गरिएको छ । रुद्राक्ष रातो, कालो, सेतो र पहेँलो रङको पनि रुद्राक्ष हुने हुँदा कालो रङ्को रुद्राक्ष सबैभन्दा राम्रो मानिन्छ ।

यस्तै जुन रुद्राक्षमा प्वाल नपारिकन धागो छिराउन सकिन्छ त्यो सबैभन्दा राम्रो र सर्वश्रेष्ठ मानिन्छ । पश्चिम नेपालको कास्की, स्याङ्जा, पाल्पा गुल्मी र पूर्वी नेपालको भोजपुर, सङ्खुवासभा धनकुटा र खोटाङलगायत जिल्लामा बढी पाइन्छ ।

नेपाललगायत भारत, मलेसिया, थाइल्याण्ड, इण्डोनेसिया तथा अस्ट्रेलियाका जङ्गलमा प्रशस्तै पाइन्छ । विश्वभरमा यसका जम्मा १२३ प्रजाति पाइए पनि नेपालको रुद्राक्ष विभिन्न प्रकारको रोगमा समेत प्रयोग गरेको पाइएको छ । यसरी नै धार्मिक सांस्कृतिक हिसाबले महत्वपूर्ण मानिने रुद्राक्ष कारोबारलाई व्यवस्थित गर्ने हो भने उत्पादन गर्ने कृषक मारमा पर्ने थिएनन् ।
-मुग्लानी खबर

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D