gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

मलागिरीमा निशुल्क स्वास्थ्य शिविर, प्युठान र अर्घाखाँचीसम्मका बिरामीले सेवा लिए

प्रेम सुनार
गुल्मी, असोज २१ । गुल्मीको मलागिरी गाउँमा त्यहाँको एक युवा क्लवले आज बृहत निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । मदाने गाउँपालिका वडा नम्वर ५ साविकको मलागिरी गाविसमा खोप्चामा लामो समय देखि क्रियाशिल सुर्योदय खड्ग मालिका युवा क्लवले आफ्नो १५ औं वार्षिकोत्सवको अवसरमा स्वास्थ्य शिविरको आयोजना गरेको हो ।

health camp malayagiriआज विहान ८ वजे देखि सुरु भएको स्वास्थ्य शिविरमा मदाने गाउँपालिका, छिमेकी जिल्ला प्युठान झिम्रुक गाउँपालिका र अर्को छिमेकी जिल्ला अर्घाखाँची सम्मका झण्डै ३ सय जनाले निशुल्क स्वास्थ्य परिक्षण औषधी उपचार गराएका छन् । निशुल्क स्वास्थ्य सेवा दिन भिम अस्पताल भैरहबाका वरिष्ठ डाक्टर रुपक श्रेष्ठ , सोही अस्पतालका वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रेश्मा क्षेत्री , मिलिजुली फार्मेसी अस्पताललाईन वुटवल सटर नम्वर ४१ का प्रोपराईटर यज्ञप्रसाद पाण्डे र त्यसका सञ्चालक सुदर्शन खनालको सक्रियता रहेको थियो ।

मलागिरीका ७८ वर्षिय बृद्ध टिकाबहादुर खड्काबाट सुरु भएको स्वास्थ्य परिक्षण शिविरमा बढि मात्रमा गरिव विपन्न वर्ग समुदायको सहभागिता देखिन्थ्यो । हिजो देखि ‘युवा जागरण सहित सामाजिक हितमा अग्रसरता, स्वास्थ जिवन हाम्रो प्रतिवद्धता ’ भन्ने मुल नाराका साथ सुरु भएको वार्षिकोत्सव कार्यक्रमको पहिलो दिन साविकको वडा स्तरिय भलिवल प्रतियोगिता , आज दोश्रो दिन निशुल्क स्वास्थ्य शिविर र भोली तेश्रो दिन त्यसै खेलको फाईनल सहित विभिन्न कार्यक्रमका विच समापन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएका छन् । कार्यक्रमा क्लवका अध्यक्ष दिनेश खड्काको अध्यक्षता र सचिव दिपक खड्काको सञ्चालन रहेको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D