gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

बिरामीलाई अस्पताल पुर्याउन एम्वुलेन्स अन्य गाडीको खर्च गाउंपालिकाले दिने

प्रेम सुनार
गुल्मी, असौज ०८ । धुर्कोट गाउंपालिकाकी प्रवत्ता कविता बिकका अनुसार त्यस गाउंपालिकाका विपन्न परिवारका केहि निश्चित रोगका विरामीहरुलाई अस्पताल सम्म पुराउने एम्वुलेन्स वा अन्य गाडी खर्च उपलप्ध गराउने भएको छ ।

खर्च अभावमा अस्पताल सम्म पुराउन नसकेर कैयौ सुत्केरी र अन्य विरामी अकाल मृत्युको शिकार भई रहेको तथ्यलाई मध्ये नजर गरेर क्यान्सर मुटु रोग, ब्रेन ट्युमर जस्ता विमारले थला परेका र अस्पताल सम्म जान लैजान नसक्ने अवस्था रहेका विपन्न परिवारको मुल्याङ्कन गरी ५ हजारका दरले उपलव्ध गराउने निर्णय भएको धुर्कोट गाउंपालिका उपप्रमुख शिवबहादुर खत्रीले जानकारी दिए ।

त्यस्तै दैविक प्रकोपबाट मृत्यु भएका परिवारलाई समेत किरिया खर्च स्वरुप २५ हजारका दरले धुर्कोट गाउंपालिकाले राहत वितरण गर्ने निर्णय गरेको प्रवत्ता बिकले जानकारी दिईन् । उनका अनुसार आगो लागी वा बाढि पहिरोबाट घर क्षति भएका परिवारलाई समेत १० हजारका दरले राहत उपलव्ध गराउने भएको छ ।

घर आंसिक क्षति भएका धुर्कोटवासीले ५ हजारका दरले राहत पाउने भएका छन् । गोठ क्षति भएकाहरुले २ हजारका दरले र घाईते भएकाहरुले पनि २ हजारका दरले राहत पाउने भएका छन् । दशैभर शान्ति सुरक्षमा खटिने धुर्कोट गाउंपालिका भित्र रहेका प्रहरी चौकीलाई समेत तेत खर्च स्वरुप ५ हजारका दरले उपलव्ध गराउने निर्णय गरिएको छ ।

त्यस्तै ऐतिहांसिक धुर्कोट कोटको सराएं नचा संरक्षण व्यवस्थापनका लागि १० हजार छुटाएको प्रवत्ता बिकले बताईन् । उनका अनुृसार धुर्कोटका अन्य मठ मन्दिरमा हुने सराएं नाच व्यवस्थापनका लागि पनि ५ हजारका दरले रकम विनियोजन गरिएको छ ।
दशै तिहारमा मदिरा नियन्त्रण गर्नका लागि सांझ ६ वजे देखि ९ वजे सम्म मात्रै विक्रि वितरण गर्न पाउने अन्यता कार्वाही गर्ने निर्णय भएको छ । धुर्कोट गाउंपालिका भित्र भुस्याह कुकुरहरुलाई रेविज विरुद्धको सुई लगाउने कार्यक्रम पनि अगाडी सारिएको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D