gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

नेपाली नागरिकलाई अब जेट किन्ने सुविधा

काठमाडौं, २२ साउन । नेपाली नागरिकले पनि अब निजी जहाज राख्न पाउने सम्भावना देखिएको छ। नेपालको विद्यमान कानुनले निजी प्रयोजनाका लागि हवाइजहाज तथा हेलिकप्टर राख्न नपाइने प्रवाधान रहे पनि अब यसलाई संशोधन गर्दै खुकुलो व्यवस्था गर्न लागिएको हो। यसबाट नेपालका धनाड्य तथा शौखिन व्यक्तिहरूका लागि निजी जहाज खरिद गर्ने बाटो खुल्नेछ ।

संस्कृति पर्यटन तथा नागरिक उड्ययान मन्त्रालयले ल्याउन लागेको हवाई उद्योग व्यवस्थापन नियमावलीमा निजी जेट राख्नपाउने व्यवस्था गरिएको छ। हाल मस्यौदाकै चरणमा रहेको नियमावलीले पुरो व्यवस्था हटाउँदै नयाँ प्रावधान लागू गर्न लागेको हो । मन्त्रालयले पहिलोपटक ल्याउन लागेको उक्त नियमावली केही साताभित्रै कानुन मन्त्रालय पठाउने तयारीसमेत गरेको छ ।

नेपालमा निजी विमान राख्न पाउने प्रावधान पहिलो पटक राखिएको मन्त्रालय स्रोतले बतायो। नेपालका केही ठूला व्यवसायी तथा एयरलाइन्स सञ्चालकहरूलेनै यस्तो व्यवस्था माग गर्दै आएका थिए। यस्तै नेपालमा कार्यरत विदेशी कम्पनीहरूले पनि यो सुविधा माग गर्दै आएका थिए।

यसैबीच सरकारले निजी विमानस्थल निर्माणको समेत बाटो खोलेको छ।नागरिक उड्ययान ऐन २०७४ को मस्यौदामा निजी विमानस्थल राख्न पाउने व्यवस्था गर्न लागिएको हो। नेपालमा हालसम्म निजी विमानस्थल राख्न पाउने व्यवस्था छैन। निजी विमानस्थल राख्न खुला गरिए हाल सञ्चालनमा रहेका निजी विमान कम्पनीहरूले विमान खोल्न सक्नेछन्।
यो खबर केदार दाहालले आजको कारोबार दैनिकमा लेखेका छन्।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D