gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

नेपालकै नमुना भनिएको गुल्मीको तिनमुखे पुल निर्माण सुस्त किन? यसो भन्छन् निर्वाचित जनप्रतिनिधी

अनिल खत्री
गुल्मी, साउन १९ । निर्माण कार्यसुस्त गतिमा चल्दा गुल्मीको रिडीमा बन्न लागेको तिनमुखे पुल निर्माण गर्ने अबधी पुराहुँदा समेत पुल सम्पन्न हुन सकेको छैन् । तिन जिल्लाको प्रसिद्ध धार्मिक तिर्थस्थल पाल्पा, गुल्मी, स्याङ्गजा जिल्लालाई जोड्ने कालीगण्डकीको रिडीमा निर्माण हुन लागेको नेपालकै नमूना तीन मुखे पुल लामो समय देखि निर्माण कार्य नहुँदा सम्पन्न हुसकेको छैन् ।

नेपालको धार्मिक प्रर्यटकीय क्षेत्र रहेको गुल्मी जिल्लाको रुरु गाँउपालिका जोड्ने, पाल्पाको रुरु धाम, स्याङ्गजाको कारीकोट जोडने पुल नेपालकै नमुना झोलुङ्गृ्ेपुल निर्माण कम्पनीको ढिलाई हुँदा निर्माण कार्य अन्तिम चरणमा पुग्ने समयमा उल्लेख्या काम हुनसकेको छैन् । हाल निमार्ण कार्य सम्पन्न हुने समयमा पुलको पिलर निर्माण पनि पुरा हुन सकेको छैन् ।

ridi pulनेपाल सरकारका तात्कालिन मुख्य सचिव लिलामणी पौडेल र गुल्मीका सभासद चन्द्र भण्डारीले रुविना मना जे.भी कम्पनीले निर्माण गर्ने गरि २०७४ सालको असार ९ गते निर्माण कार्य सम्पन्न गर्ने गरि २०७१ मंसिर १५ गते सिलान्यास गरेका थिए । हाल भइरहेको काममा समेत निर्माण कम्पनिले सरकारी मापदण्ड अनुसार निर्माण सामाग्रीको प्रयोग नगरेको स्थानिय बासिन्दाले बताएका छन् ।

नेपाल सरकारको स्थानिय पूर्वाधार बिकास तथा कृषि सड्का बिभाग (डोलिडार) ले निर्माणका लागि ठेक्का प्रदान गरेको थियो । कुल ९ करोड ८८ लाख २६ हजार ३ सय ३२ लागतमा बन्न लागेको पुल निर्माणको जिम्मा नयाँबाटो –रुबिना—मना जेबिले निर्माणको जिम्मा पाएका थिए । तिन वटा कम्पनीहरुले संयुक्त रुपमा उक्त पुल निर्माण गर्न जिम्मा पाएका हुन् ।

हाल सम्म पिल्लरको काम ५ प्रतिशत पनि पुरा हुनसकेको छैन् । पुल निर्माण भएमा त्यस क्षेत्रको धार्मिक र पर्यटकीय विकासमा सहयोग पुग्ने र कालीगण्डकीको करिडोर संगै रुरु क्षेत्रमा बन्न लागेको पुलले यस क्षेत्रको पर्यटन प्रवद्धनमा समेत सहयोग पु¥याउने कल्पना गरेका थिए । कुल ५ सय ४० मिटर लम्बाई रहने पुलका प्रत्येक तिनवटा लठ्ठाहरुको लम्बाई १ सय ८० हुने ब्यवस्था रहेको छ ।

नेपालमै नमुना भएकोले नक्सा तयारमै ढिलाई भयो: निर्माण कम्पनी

नेपालको हकमा रिडीमा बन्न लागेको पुल पहिलो र नमुना भएकाले नक्सा तयारमै ढिलाई भएकाले निर्माण कार्य तिब्र गतिमा चल्न नसकेको पुल निर्माणको जिम्मा नयाँबाटो –रुबिना—मना जेबिका प्रमुख महेन्द्र अधिकारीले जानकारी दिए । पुल सम्पन्न गर्नु पर्ने समय अबधी सकिन लागे पनि नक्सामै एकवर्ष लाग्दा ढिलाई भएको अधिकारीले बताए ।

नेपालमै पहिलो र नमुना पुल सम्पन्न गर्नु हाम्रो प्रतिष्ठाको कुरो पनि हो अधिकारीले भने ‘हामीले काममा कुनै ढिलाई गरेका छैनौ गर्दै जाँदा केहि कारणले ढिलाई भयो ।’ सुरुमै नक्साको काममै हडकियो त्यसपछी नाकाबन्दी भयो उनले भने ‘नयाँ काम भएकोले पनि काम गर्नेहरुको लागी नौलो लाग्दा ढिलाई भइरहेको छ ।’

नेपालको लागी नयाँ काम भएकोले सामान देखि काम गर्ने मान्छे सम्म पाउन मुस्कील परिरहेको उनको भनाई छ । अधिकारीका अनुसार हाल सम्म प्रतिशतका हिसावले देखिने काम नभए पनि महत्वपूर्ण काम भइरहेको बताए । पुलको मुख्य पिलरको काम भइरहेको छ उनले भने मुख्य धेरै समय र महत्वपूर्ण काम भनेकै पिलरको काम रहेकाले अहिले त्यसैमा काम भइरहेको बताए । अहिले वर्षातका कारण काम रोकिए पनि आउने हिँउदमा पुल देखिने र धेरै काम हुने बताए ।

निर्वाचित जनप्रतिनिधी भन्छन् ठेक्दारबाट बेवास्ता भयो

पुल बन्न लागेको स्थान गुल्मीको रुरु गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष रामलाल बिश्वकर्मा र स्थायङजा जिल्ला कालिगण्डकी गाउँपालिका वडा नम्बर १ वडा अध्यक्ष छलिवलाल चौतारे भन्छन् पुल सम्पन्न नहँुनुमा निर्माणको जिम्मा लिएका निर्माण ब्यवसायीहरुको निर्माण समय अबधीलाई बेवास्ता गर्दा सम्पन्न नभएको बताए ।

निर्माणको क्रममा नेपालमा नाकाबन्दी भुकम्प लगायतका समस्याहरु आइपरेता पनि सोचे अनुरुप काम नभएको बताए । काम सुस्त गतिमा भएको छ दुबै वडा अध्यक्षले भने ‘हामीले यसमा खबदारी गर्दैछौं यसमा सबैको साथले काम पुरा गर्न दवाब दिनुपर्ने भयो ।’ पुल नहुँदा त्यस क्षेत्रका स्थानियहरु वारी पारी गर्न जोखेम मोलेर खोला वारी पारी गर्ने गरेको उनिहरुको भनाइ छ ।

रिडीमा पुल बनेसँगै पुलको एउटा मुखबाट पस्ने मान्छे जुन जिल्लामा जान चाह्यो त्यहि जिल्लामा जान सकिने गरि ब्यवस्थाको पुल निर्माण हुने नक्सामा उल्लेख छ । रिडीमा बन्ने फुलले जिल्लाको धार्मिक विषयबस्तुहरुको समेत प्रचार प्रसार हुने स्थानियको आशा रहेको छ ।

नेपालमै नमुनाको रुपमा रिडीमा बन्ने तिनमुखे झुलुङे पुल बन्ने सुन्दा गुल्मेलीहरुमा खुसी ब्याक्त गरेका थिए । पुल बने सँगै गुल्मी, पाल्पा र स्याङजाका स्थानियहरु सहजताका साथ एकै ठाउँमा जोडिने छन् । पुलका तिनवटै मुख मोटरबाटाको नजिकै रहने नक्सामा उल्लेख छ । जिल्लामा धेरै ठाउँमा रहेका ठुला आयोजनाहरु
तस्विरहरु रिडीमा बन्न लागेको पुल भइरहेको काम
पुलको मुख्य नक्सा

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D