gulminews logo
शनिबार, २०८१ बैशाख १५

दुई दिनको बर्षाले रिडी–रुद्रवेणी–वामीटक्सार सडक खण्ड अवरुद्ध

टोपलाल अर्याल
गुल्मी, ५ असौज । जिल्ला प्रहरी कार्यालयका अनुसार रिडी–रुद्रवेणी–वामीटक्सार सड्कखण्ड अबरुद्ध बनेको छ । उक्त सडकखण्डको सत्यवति गाउँपालिको ६ जोहाङ्गमा पहिरो खसेकाले सडक अबरुद्ध भएको प्रहरी नायव उपरिक्षक गंगा थापाले बताए । साथै अन्य स्थानमा बुधबार र बिहिबारको अविरल बर्षाले सडक हिलाम्य बनाएको छ ।

सडक अबरुद्ध बनेपछि जिल्लाको निर्वाचन क्षेत्र नं. १ का सवै र बाग्लुङ्गको समेत आधा भागमा पुग्ने यात्रुहरु मर्कामा परेका छन् । दशैको मुखमा घर फर्केकाहरु सवैभन्दा बढि समस्या परेका छन् । भने खाद्यान्न ढुवानी हुने जिल्लाकै महत्वपूर्ण सडक बन्द भएपछि ढुवानी समेत प्रभावित भएको छ ।

रिडी रुद्रवेणी वामीटक्सार सडक खण्डमा यात्रु ओसारपसार र खाद्यान्न ढुवानीका लागि दैनिक एक सय ५० भन्दा बढी सवारी साधनहरु आवतजावत गर्ने गर्दछन् । बर्षातका कारण सदरमुकाम तम्घासबाट पश्चिमी क्षेत्रमा अधिकांश सडक पुन अबरुद्ध भएको यातयात व्यावसायीले बताए ।

जिल्लाका बिभिन्न सडकहरु सहज नभएपछि दुर्गम क्षेत्रका सर्वसाधरणहरु सदरमुकाम आउन समेत दुई दिन, तीन लाग्ने गर्दछ । ‘बर्षातपछि गाउँका सडकमा मान्छे हिडन सकिदैन,’धुर्कोट गाउँपालिकाका ५ का भरत भण्डारीले भने,‘ भर्खरै दशैलाई भनेर डोजर लगाएका सडक झनै अप्ठयारा भए ।’ जिल्लाका ग्रामिण क्षेत्रका अधिकाशं सड्कहरु वर्षातको कारणले बन्द भएपछि महिला बिरामी, सुत्केरी र वृद्धवृद्धाहरु बढी प्रभावित हुने गरेका छन् ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D