gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

तीन महिनापछि गाउँमा बिजुली बल्यो

रासस
गुल्मी । गुल्मीको दरमखोला लघुजल विद्युत् सेवा झण्डै तीन महिनापछि नियमित रुपमा संचालन भएको छ ।

परोपकार बहुउद्देश्यीय सहकारी संस्था लि.द्वारा सञ्चालित परोपकार सहकारी जलविद्युत् परियोजना गत साउन महिनादेखि कहिले नहर बगाउने त कहिले नहर पहिरोले पुर्ने गर्दै पटक÷पटक अवरुद्ध हुँदै नियमित हुन सकेको थिएन् ।

विद्युत् सेवा पछिल्लो समयमा असोज महिनाको पहिलो सातादेखि मुसिकोट नगरपालिका– २ को भर्जुवामा रहेको २५ केवीको ट्रान्समिटर जलेर अवरुद्ध भएको विद्युत् सेवाको ट्रान्समिटरलाई झण्डै एक महिना लगाएर उचित मर्मत र संम्भार गरी विद्युत् सेवा संचालनमा ल्याइएको विद्युत् सञ्चालक समितिका अध्यक्ष धर्मेन्द्रकुमार मल्लले जानकारी दिए ।

लामो समयपछि विद्युत् सेवा संचालन भएसँगै सोही वडाका भर्जुवा अन्तर्गतका झण्डै १५५ घरधुरीका उपभोक्ताको घरमा बिजुली बलेपछि खुशी भएका छन् भने विद्युत् सञ्चालनसँगै बिजुली बत्ती, कुटानी पिसानी, फर्निचरलगायत विद्युतीययन्त्र समेत संचालन भएका छन् ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D