gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

छोरा भारतमा, ८१ बर्षिय बृद्द श्रीमान् बिस्तारामा, बुढी आमा सडकमा

गंगा खड्का
तमघास । उमेरले भन्छ,मिठो मसिनो खाऊ,घरमा आराम गरी बस । तर ७१ बर्षीया टिकी नेपाली दिउसोको घामपानीमा गिटी कुटिरहेको भेटिन्छिन सालझण्डी—ढोरपाटन सडक खण्डको एकरोतको सडकमा ।

दुई छोरा र चार छोरीकी आमा गुल्मीको मदाने गाउँपालिका पर्कोटदहस्थित एकराते क्वांकेदेउरालीकी टिकी नेपाली बिहान १० बजेदेखि साँझ ६ बजेसम्म गिटी कुटिरहेकै अवस्थामा भेटिन्छिन् । उनका दुई छोरा रोजगारीका लागि भारतमा छन्, छोरीहरु बिहे गरेर श्रीमानका घर गइसकेका छन् र ८० बर्षीया श्रीमान सोवे नेपाली घरमा कष्टपूर्ण जीवन बिताइरहेका हुन्छन् ।

उमेरले घरमै आराम गरेर बस्ने समय भएपनि उनी आफ्नो रोजीरोटीका लागि बाध्यताले गिट्टी कुटनु परेको बताईन् । ‘नुनतेलको किन्ने पैसा जुटाउन गिट्टी फोर्ने काम गरेकी छुँ’,नेपालीले भनिन्,‘घरखर्च चलाउने बाटो बनेको छ ।’

tiki nepali gulmi
सालझण्डी–ढोरपाटन सडक खण्डको पुर्कोटदह नजिक गिट्टी कुट्दै स्थानीय ७१ बर्षिय टिकी नेपाली । तस्विर: गंगा खड्का

रेखदेखको खाँचो छ ८० वर्षका बृद्ध श्रीमान सोवे नेपालीलाई । सोवेलाई घरमै एक्लै छाडेर आफू काममा आउने गरेको उनले सुनाईन् । ‘विहान श्रीमानलाई खाना खुवाएर काममा आउँछु’,गिट्टी कुट्दै गरेको अवस्थामा बाटोमा भेटिएकी नेपालीले भनिन्,‘साँझको खाना पकाउन जान्छु ।’ लगातार तीन वर्षदेखि सडक छेउँमा यसरी नै गिट्टी फोर्दै आएको उनले बताइन ।

एक ट्याक्टर गिट्टीलाई पाँच हजार रुपैयाँका दरले विक्री गर्दै आइरहेको नेपाली बताउँछिन् । ‘घरमा पलाती देखिसकेका छौँ’,उनले भनिन्,‘बुढेसकालमा पनि दुःख गर्नुपरेकै छ ।’ छोराहरु रोजगारीका लागि भारतको पंजावमा रहेको नेपालीले बताइन ।
उनी बाटोमा रहेका ढुंगाहरुलाई ‘घन’को सहायताले फुटाएर गिट्टी निकाल्ने गर्छिन । ‘ठूला ढुंगाहरु फुटाउँदा धेरै हात दुख्छ’,उनले भनिन्,‘साँझ घर फर्कदा थकाइले शरीर गल्छ ।’ विहान हुँदावित्तिकै श्रीमानको स्यहार गर्नमै वित्ने गरेको र केहीछिनमै सडकमा आफ्नो काममा जाने गरेको उनको दैनिकी भएको बताउँछिन् ।

दुवै जनाले वृद्धभत्ता पाउने भएपनि त्यसले घरधान्न मुश्किल परेको उनले बताइन । घरबाट करिव २० मिनेटको पैदल हिँडेर नेपाली गिट्टी फोर्न सडकमा आउने गर्छिन । चर्को घाम र ठूलो पानी पर्दा काम गर्न समस्या हुने गरेको उनको अनुभव छ । उनले निकालेको सवै गिट्टी कालोपत्रेको क्रममा रहेको सालझण्डी–ढोरपाटन सडकका निर्माण व्यवसायीहरुले खरिद गर्ने गर्छन । गिट्टी फोर्ने काम आफ्नो जीवन धान्ने साहारा बन्दै गएको उनले सुनाईन् ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D